निजीकरण ऐन खारेज गर्नुपर्छः प्रेम सुवाल « Eglish Khabarhub

निजीकरण ऐन खारेज गर्नुपर्छः प्रेम सुवाल



काठमाडौ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निजीकरण ऐन खारेज गर्नुपर्ने बताएका छन ।

प्रतिनिधिसभामा बोल्दै उनले निजीकरण ऐन खारेज गरेर सार्वजनिकरणमा ध्यान दिनुपर्ने बताएका हुन । नेपाल ऐन संशोधन प्रस्तावमाथि आफ्नो धारणा राख्दै उनले निजीकरण ऐन खारेज नगरे समस्या निम्तिने खतरा रहने धारणा व्यक्त गरेका हुन । संविधान अनुकुल बनाउने नाममा सोचविचार नगरी काम गर्न नहुने समेत उनको तर्क छ ।

साथै उनले भ्रष्टाचार छानविन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुदाँहुदै न्यायिक समिति बनाउन नहुने धारणा व्यक्त गरेका छन । ‘भ्रष्टाचार छानविन गर्ने अख्तियारले हो न्यायिक समितिले होइन,’ उनले भने ।
ठगी गर्ने म्यानपावरलाई पनि कार्वाही गर्नुपर्ने उनको माग छ ।

Publish on: