काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लि.कोे ३२औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । संचालक समितिका अध्यक्ष पृथ्वीबहादुर पाडेँको अध्यक्षतामा सम्पन्न साधारणसभाले संचालक समितिको प्रतिवेदन पारित गर्नुका साथै नेपाल राष्ट्र बैंकको निर्देशानुसार नेपाल फाइनान्सियल रिपोर्टिङ (एनएफआरएस) बमोजिम तयार वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।
साधारणसभाले २०७४–७५ सम्मको संचित मुनाफाबाट २०७५ आषाढ मसान्तसम्ममा कायम शेयर पूँजीको १८ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभाश दिने प्रस्ताव समेत पारित गरेको छ ।
बैंकको चुक्ता पूँजी १२ अर्ब ५८ करोड (पारित १८ प्रतिशत बोनस सहित) पुगेको छ । त्यसै गरी बैंकको जगेडा तथा कोषको रकम पनि बढेर ९ अर्ब ७७ करोड पुगेको छ भने शेयरधनी कोष रकम २४ अर्ब ८७ करोड पुगेको छ ।
बैंकको शेयरधनी कोष निजी क्षेत्रका बैंकहरुमध्ये उच्च रहेको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले आ.व. २०७४–७५ मा .४ अर्ब ९५ करोडको सञ्चालन मुनाफा कमाएको छ । त्यसै गरी खुदनाफा ३ अर्व ६५ करोड पुगेको छ । बैंकको निक्षेप ११.४५ प्रतिशतले बढेर १ खर्ब ४० अर्ब पुगेको छ भने कर्जा लगानी १४.४४ प्रतिशतले बढेर १ खर्ब २० अर्ब पुगेको छ । बैंकको खराब कर्जा (एन.पि.ए.) अनुपात १.३६ प्रतिशत रहेको छ ।
SHARE YOUR THOUGHTS