काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्जा सूचना केन्द्र सम्बन्धी थप केही नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सोमबार परिपत्र जारी गर्दै यस्तो ब्यवस्था गरेको हो ।
राष्ट्र बैंकले कर्जा सूचना केन्द्रलाई थप शक्तिशाली बनाएको छ ।
राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थामा ९० दिनभन्दा बढी भाका नाघेको ऋणको सम्पूर्ण विवरण प्रत्येक आर्थिक वर्षको त्रैमास सकिएको मितिले १५ दिनसम्म पनि ऋण चुक्ता नभए कर्जा सूचना केन्द्रमा पठाउनु पर्ने हुन्छ ।
त्यसैगरी, १० लाख रुपैयाँभन्दा बढीको ऋणमा धितो मूल्यांकनकर्ताको नाम, थर र ठेगानासमेत उपलब्ध गराउनुपर्ने छ ।
‘बैंकले नयाँ कर्जा प्रवाह गर्न, पूरानो कर्जा नविकरण गर्न, पुनरसंरचना तथा पुनर्तालिकिकरण गर्नु अगावै ग्राहकको बारेमा कर्जा सूचना केन्द्रबाट अनिवार्यरुपमा कर्जा कर्जा सूचना लिनुपर्ने छ,’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ, ‘यसरी कर्जा सूचना माग भएको खण्डमा कर्जा सूचना केन्द्रले बढीमा ३ कार्यदिनमा कर्जा सूचना उपलब्ध गराउनु पर्नेछ ।’
SHARE YOUR THOUGHTS