भन्सारमा राजश्व चुहावट गर्ने ३ व्यापारीलाई अख्तियारले बोलायो, ७ दिनभित्र उपस्थित नभए कारबाही « Eglish Khabarhub

भन्सारमा राजश्व चुहावट गर्ने ३ व्यापारीलाई अख्तियारले बोलायो, ७ दिनभित्र उपस्थित नभए कारबाही



काठमाडौं । रसुवा भन्सार हुँदै आयात गरिएको सामानमा राजश्व चुहावट गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोकमा दुई र काभ्रेका एक व्यापारीलाई ७ दिनभित्र उपस्थित हुन सूचना जारी गरेको छ ।

मितेरी इन्टरनेशनल टेडर्सले रसुवा भन्सारबाट सामान आयात गर्दा भन्सार प्रज्ञापनपमा गलत सासमान उल्ल्ेख गरी जाँच पास गराई सरकारलाई प्राप्त हुने राजश्व चुहावट गरी भ्रष्टाचार गरेको आयोगको भनाइ छ ।

आयोगमा सो सम्बन्धी उजुरी परेका कारण केही कुरा बुझ्नु पर्ने भएकाले उक्त सूचना प्रकाशित गरिएको आयोगले उल्लेख गरेको छ ।

आयोगले काभ्रेपलान्चोकमा रन्जन त्रिपाठी, सिन्धुपाल्चोक बाह्रबिसे घर भई मितेरी इन्टरनेशनल टेडर्स सञ्चालन गर्ने सुमन श्रेष्ठ र सोही जिल्लाका डम्बरबहादुर श्रेष्ठलाई ७ दिनभित्र उपस्थित हुन आग्रह गरेको हो ।

तोकिएको समयमा उपस्थित नभए कानून बमोजिम कारवाही गर्ने आयोगले चेतावनी दिएको छ ।

Publish on: