१ पुस २०८२, मंगलबार

गुराँस लाइफले ८ प्रतिशत शेयर लाभांश दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीलाई आठ प्रतिशत बराबरको शेयर लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७३र७४ को सञ्चित मुनाफाबाट हालसम्म कायम भएको चुक्ता पूँजी रु ५९ करोड ४० लाख बराबरको आठ प्रतिशतले हुन आउने रु चार करोड ७५ लाख २० हजार बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरिएको हो ।

कर प्रयोजनाका लागि शून्य दशमलव ४२ प्रतिशतले हुने रु २५ लाख एक हजार ५३ नगद लाभांश शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरिएको छ । उक्त प्रस्ताव बीमा समिति र आगामी साधारणसभाबाट पारित भए पश्चात् वितरण गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।