१ पुस २०८२, मंगलबार

आफ्नै परामर्शदाता, प्राविधिक र सामान प्रयोग गर्ने विदेशी सहायता निरुत्साहित गर्छौं: अर्थमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नै प्राविधिक र परामर्शदाता र सामानको प्रयोग गर्नुपर्ने दातृ निकायको शर्तका कारण भूकम्पपछिको पुनःनिर्माण सम्बन्धी सहायता सोचे अनुरुप प्राप्त हुन नसकेको बताएका छन् ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित विकास सहायता सम्बन्धी प्रतिवेदन सार्वजानिक गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताए ।

‘आफ्नै सामन, आफ्नै परामर्शदाता र आफ्नै प्राविधिक राख्नुपर्ने भन्ने जस्ता दातृ निकायका शर्तका कारण भूकम्पपछिको पुनःनिर्माणका लागि प्रतिवद्धता जनाइएको सहायता समेत प्राप्त हुन सकेको छैन,’ खतिवडाले भने, ‘अब हामीले यस्तो किसिमको सहायतालाई निरुत्साहित गर्दै लानुपर्छ ।’

प्राविधिक सहायता मात्रै लिने भन्ने विषय सरकारको प्राथमिकतामा नरहेको उनको भनाई थियो । यद्यपि विकास निर्माण तथा ठूल्ठूला परियोजनामा आउने विकास सहायता भने सरकारको उच्च प्राथमिकतामा रहेको मन्त्री खतिवडाले बताए ।