२९ मंसिर २०८२, आइतबार

२० अर्बको पुर्वाधार विकास बैंकमा अर्थमन्त्रीको हस्तक्षेप, अध्यक्ष नहटाए लाइसेन्स दिन्न भनेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले हस्तक्षेप गरेर पूर्वाधार विकास बैंकको अध्यक्ष परिवर्तन गर्न लगाएका छन् ।

अर्थमन्त्री खतिवडाको निर्देशनमा पूर्वाधार विकास बैंकको सञ्चालक समितिले पूर्वमूख्य सचिवसमेत रहेका बिमल कोइरालालाई बैंकको अध्यक्षबाट हटाएको छ ।

यसैसताको शुरुमा अर्थमन्त्री खतिवडाले बैंकका लगानीकर्ता अशोक अग्रवाल र चन्द्र ढकाललाई अर्थ मन्त्रालयमा बोलाएर बिमल कोइराला अध्यक्ष रहेसम्म लाइसेन्स दिन नसकिने बताए ।

एक्कासी अर्थमन्त्रीले यस्तो भनेपछि अग्रवाल र ढकाल झस्किए ।

किनभने यो बैंकले नेपाल राष्ट्र बैंकबाट सञ्चालनको अनुमति नै पाएको छैन । यद्यपि अनुमति पाउने अन्तिम प्रक्रियामा छ ।

२० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको पूर्वाधार विकास बैंकमा निजी क्षेत्रको ९० प्रतिशत र सरकारको १० प्रतिशत लगानी छ ।

अर्थमन्त्री खतिवडाले यो सरकार दुईतिहाइ जनताको मतबाट सञ्चालन भएको उल्लेख गर्दै राजनीतिकरुपमा बायस भएर सरकारको आलोचना गर्नेलाई नछाड्ने बताए ।

अर्थमन्त्री खतिवडाले प्रष्ट्याउँदै भने, ‘प्रधानमन्त्रीको आलोचना गर्ने मान्छे (बिमल कोइराला) अध्यक्ष भएको बैंकलाई मैले कसरी स्वीकृति दिनु, तपाईंहरु बिमजीलाई हटाउनुहुन्छ भने हामी स्वीकृति दिन सक्छौं, होइन भने सरकारले आफ्नो लगानी झिक्छ ।’

अर्थमन्त्री खतिवडाले यो सरकार दुईतिहाइ जनताको मतबाट सञ्चालन भएको उल्लेख गर्दै राजनीतिकरुपमा बायस भएर सरकारको आलोचना गर्नेलाई नछाड्ने बताए ।

अर्थमन्त्रीले यत्ति भनेपछि अग्रवाल र ढकालले कुरो बुझिहाले ।

त्यसको भोलिपल्ट बुधबार नारायणहीटी दरबार संग्राहलयको उत्तर ढोकामा रहेको कोइरालाको कार्यालयमा पुगेर अग्रवाल र ढकालले अर्थमन्त्रीको कुरा सुनाउँदै राजिनामा दिन आग्रह गरे ।

कोइरालाले आफूले दरखास्त हालेर अध्यक्ष नबनेको भन्दै राजिनामा दिन मानेनन् ।

‘तपाईं अध्यक्ष हुनु भयो भने बैंकले लाइसेन्स पाउँदैन,’ ढकाल र अग्रवालले भने ।

नयाँ अध्यक्षमा अशोक अग्रवालका भाई अनुज अग्रवाललाई प्रस्ताब गरेर पूर्वाधार विकास बैंकले राष्ट्रलाई पत्राचार गरिसकेको छ ।

‘मेरै कारणले लाइसेन्स रोकिन्छ भने म पूर्वाधार विकास बैंकको लाइसेन्स रोक्ने पक्षमा छैन,’ कोइरालाले भने, ‘म राजिनामा चाहिँ दिन्न, सञ्चालक समितिले अर्को अध्यक्ष नियुक्ति गरोस् ।’

त्यसैदिन नयाँ अध्यक्षमा अशोक अग्रवालका भाई अनुज अग्रवाललाई प्रस्ताब गरेर पूर्वाधार विकास बैंकले राष्ट्रलाई पत्राचार गरिसकेको छ ।

अर्थमन्त्रीको दबाबमा राष्ट्र बैंकको सञ्चालक समितिले नयाँ अध्यक्षको प्रस्ताब स्वीकृत गर्दै केही दिनभित्रै पूर्वाधार विकास बैंकलाई लाइसेन्स दिँदैछ ।

पूर्वाधार विकास बैंकको अवधारणा तयार पारेका कोइराला अर्थमन्त्रीको दबाबका कारण बैंकबाट बाहिरिएका छन् । कोइराला २०७२ सालदेखि पूर्वाधार विकास बैंकको अवधारणा तयार पार्नमा सक्रिय थिए ।

उनको यसै सक्रियताका कारण निजी क्षेत्रले कोइरालालाई विज्ञ सञ्चालकमा नियुक्ति गरेको थियो । पूर्वअर्थ र मूख्यसचिव समेत रहेका कोइरालाई बैंकको सञ्चालक समितिले अध्यक्षमा चयन गरेको थियो ।

‘भन्नलाई धेरै विषय छ, समय आएपछि भनौंला, अहिले म केही पनि टिप्पणी गर्न चाहन्न,’ कोइरालाले क्लिकमाण्डूसँग भने ।

केही समय अघि काठमाडौंको क्रिस्चीयन धर्म प्रचार गर्ने उदेश्यले आयोजना गरिएको एशिया प्यासिफिक समिट कार्यक्रममा प्रधानमन्त्री केपी ओली सपत्नी गएर ३ दिनसम्म सोल्टी होटेलमा बसेका थिए ।

त्यतिमात्रै होइन, क्रिस्चीयनको उक्त संस्थाले दिएको १ करोड डलर बराबरको सम्मान पनि प्रधानमन्त्री ओलीले ग्रहण गरेका थिए ।
यो विषयलाई लिएर प्रधानमन्त्री ओलीको ब्यापक आलोचना भएको थियो ।

कोइरालाले पनि सार्वजानिक रुपमै प्रधानमन्त्रीजस्तो गरिमामय पदमा बसेको व्यक्तिले क्रिस्चीयन धर्म प्रचार गर्ने कार्यक्रममा गएर ३ दिन बस्नु हुँदैन थियो भन्दै सार्वजानिकरुपमै आलोचना गरेका थिए ।

‘प्रधानमन्त्रीजस्तो उच्च अहोदामा बसेको व्यक्तिले क्रिस्चीयनको कार्यक्रममा सोल्टी होटेल गएर ३/३ दिनसम्म ओछ्यान लगाएर सुत्नु र पुरस्कार ग्रहण गर्नु गलत थियो भनेर मैले मिडियामै पनि बोलेको थिएँ,’ कोइरालाले क्लिकमाण्डूसँग भने, ‘यत्ति आलोचनाको विषय देखाउँदै अर्थमन्त्रीले बैंकका लगानीकर्ताहरुलाई मलाई पूर्वाधार विकास बैंकको अध्यक्षबाट हटाउन दबाब दिए ।’

यस विषयमा आफूले अहिले केही पनि टिप्पणी नगर्ने कोइरालाले बताए । ‘भन्नलाई धेरै विषय छ, समय आएपछि भनौंला, अहिले म केही पनि टिप्पणी गर्न चाहन्न,’ उनले भने ।