राष्ट्र बैंकका पूर्वहाकिमलाई जागिर दिनुअघि राष्ट्र बैंकलाई सोध्नुपर्ने « Eglish Khabarhub

राष्ट्र बैंकका पूर्वहाकिमलाई जागिर दिनुअघि राष्ट्र बैंकलाई सोध्नुपर्ने



काठमाडौं। नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर, कार्यकारी निर्देशक तथा अधिकृत स्तरका कर्मचारीहरुलाई बैंक तथा वित्तीय संस्थाले जागिर दिनुअघि राष्ट्र बैंकलाई सोध्नु पर्ने भएको छ । यसको अर्थ, नसोधी जागिर दिन पाइने छैन ।

सोमबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

डेपुटी गभर्नर र कार्यकारी निर्देशकहरु अवकास भएको ३ बर्षसम्म र अधिकृतस्तरका कर्मचारीले २ बर्षसम्म बैंक तथा वित्तीय संस्थामा जागिर खान पाउँदैनन्। त्यसपछि भने खान पाउँछन् ।

राष्ट्र बैंकले त्यसपछि जागिर दिनु परे पनि राष्ट्र बैंकलाई सोध्नुपर्ने नयाँ व्यवस्था गरेको हो ।

Publish on: