२९ मंसिर २०८२, आइतबार

भरतपुर राजश्व कार्यालयले उठायो १३ अर्ब राजश्व, लक्ष्य भन्दा ४ अर्ब बढी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर । आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा १३ अर्ब ४० करोड ५८ लाख ९५ हजार राजश्व सङ्कलन गरेको छ ।

यो लक्ष्यको तुलनामा चार अर्ब चार करोड ६१ लाख ४६ हजार बढी हो । उक्त अवधिमा कार्यालयले ११ अर्ब ७३ करोड ७३ लाख ६२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

“अन्तःशुल्कको दरमा वृद्धि र वियरजन्य वस्तुको बढी उत्पादनले राजश्वमा उल्लेखनीय वृद्धि भएको छ”, कार्यालयका प्रमुख कर अधिकृत सुुवप्रसाद रिजालले भने, “व्यवसाय दर्तामा कडाइ गरेका छाँै, बक्यौता राख्ने करदातालाई निरन्तर तोकेता गर्ने काम भइरहेको छ ।”

कार्यालयले सो अवधिमा अन्तःशुल्कतर्फ सात अर्ब ८८ करोड ३६ लाख ५८ हजार असुली गरेको छ । तीमध्ये सबैभन्दा बढी गोर्खा ब्रुअरीले पाँच अर्ब ७६ करोड ३८ लाख १५ हजार, सिजी ब्रुअरीले रु एक अर्ब ६५ करोड ६४ लाख ४३ हजार, यति बु्रअरीले रु एक अर्ब ४४ करोड १८ लाख पाँच हजार र यति डिष्टिलरीले रु ८५ करोड १४ लाख २० हजार बुझाएका छन ।

उक्त अवधिमा चार हजार ६०० नयाँ व्यवसायी थपिएको कार्यालयका कर अधिकृत त्रिविक्रम तिमिल्सेनाले जानकारी दिए । चितवन र नवलपुर जिल्लागरी ५१ हजार ६०० करदाता कार्यालयमा दर्ता भएका छन ।