१ पुस २०८२, मंगलबार

स्टार क्रिकेटर, पारस, ज्ञानेन्द्र र शरद रुस्लान भोड्काको ब्राण्ड एम्बेस्डर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। रुस्लानले नेपाली क्रिकेट टीमका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेस्वाकरलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ। एक वर्षको लागि एम्बेसडरमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

जावालाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रवन्ध निर्देशक राजबहादुर शाहले उत्कृष्ट क्रिकेटरलाई जोड्न पाएको भन्दै खुशी व्यक्त गरे।

‘पारस, ज्ञानेन्द्र र शरदलाई रुस्लानसँग जोड्न पाएकोमा निकै खुशी छौं। खेलकुद क्षेत्रमा ठूलो योगदान दिएर विश्व सामु चिनाउन सफल उत्कृष्ट क्रिकेट खेलाडीले देशको क्रिकेट विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं,’ शाहले भने।

समूहका कार्यकारी निर्देशक शशिन जोशीले फूटबल र क्रिकेटसँग रुस्लानको लामो समयदेखि सहकार्य गर्दै आएको र भविष्यमा समेत खेलको विकासमा रुस्लानले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।