३० मंसिर २०८२, सोमबार

विश्व बैंकमा नेपालले मत हाल्न पाउने गरी सेयर किन्ने मन्त्रिपरिषदको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले विश्व बैंकमा आफ्नो मताधिकार हुनेगरी सेयर किन्ने निर्णय गरेको छ ।

विश्व बैंकमा आफ्नो मताधिकार नहुँदा आफ्ना कुराहरु राख्न नपाइएको भन्दै सरकारले थप सेयर किनेर मताधिकार सुरक्षित गर्ने रणनीति लिएको हो ।

अहिले नेपाल सरकारसँग विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय पुनःनिर्माण तथा विकास बैंकको सेयर खरिद गर्ने निर्णय गरिएको छ । १४ सय ५ कित्ता मात्रै सेयर छ । सरकारले थप ३ सय ९ कित्ता सेयर किनेर मत हाल्ने अधिकार सुनिश्चित गर्ने निर्ण गरेको हो ।

‘विश्व बैंकको मापदण्डअनुसार १७ सय भन्दा बढी कित्ता हुनेलाई मात्रै मत हाल्ने अधिकार हुन्छ, त्यसैले नेपालको मताधिकार सुरक्षित गर्न थप सेयर किन्ने निर्णय गरिएको हो,’ मन्त्रीपरिषदको निर्णय सुनाउँदै मन्त्री बास्कोटाले भने ।