माघ महिनामै ९ बैंक तथा वित्तीय संस्थाको साधारणसभा, कसको लाभांश कति ? « Eglish Khabarhub

माघ महिनामै ९ बैंक तथा वित्तीय संस्थाको साधारणसभा, कसको लाभांश कति ?



काठमाडौं । बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र अर्थात पुस मसान्तभित्र साधारणसभा सक्नुपर्छ । केही बैंक तथा वित्तीय संस्थाहरुले भने पुस मसान्तसम्ममा साधारणसभा गर्न सकेका छैनन् ।

बैंक तथा वित्तीय संस्थाले समयमा नै साधारण सभा नगर्दा लगानीकर्ताहरुले पाउने बोनस तथा नगद लाभांश पाउन सकेका छैनन् ।

केही बैंक तथा वित्तीय संस्थाहरुले साधारणसभा बोलाउने समय घोषणा गरेका छन भने कतिपयले त्यो पनि जानकारी गराएका छैनन् ।

माघ महिनामा मात्र २ वटा वाणिज्य बैंकसहित ९ वटा कम्पनीले साधारण सभा बोलाएको छन ।

साधारणसभा बोलाउने ९ वटा कम्पनी मध्ये २ वटाले भने लगानीकर्तालाई निरास बनाएका छन् । लगानीकर्तालाई निरास बनाउने कम्पनीमा ग्रामिण विकास लघुवित्त र कर्णाली डेभलपमेन्ट बैंक रहेका छन् । बाँकीले बोनस र नगद लाभांश दिने जनाएका छन् ।

सबै भन्दा बढी लाभांश उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाको रहेको छ । संस्थाले बोनस ४०.५० र नगद २.१३ प्रतिशत दिने घोषणा गरेका छन् ।

साना किसान विकास लघुवित्तले बोनस २५ र नगद १.३१७ प्रतिशत दिने जनाएका छन् । यता बैंक अफ काठमाण्डूले बोनस १४ र नगद ११ प्रतिशत दिने जनाएको छ ।

Publish on: