एन आई सी एशिया बैंकद्वारा ब्यारीकेड तथा प्रहरी चेकिङ्ग बोर्ड हस्तान्तरण « Eglish Khabarhub

एन आई सी एशिया बैंकद्वारा ब्यारीकेड तथा प्रहरी चेकिङ्ग बोर्ड हस्तान्तरण



काठमाडौ । एन आई सी एशिया बैंकले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई सचेतनात्मक सुचनाहरु सहितका १४ थान रोड ब्यारीकेडहरु एवं् १४ थान प्रहरी चेकिङ्ग बोर्ड हस्तान्तरण गरेको छ ।
सुनसरी जिल्लाको सुरक्षामा सहयोग स्वरुप एन आई सी एशिया बैंकका उप प्रादेशिक कार्यालय कोशीका प्रमुख लक्ष्मण चालिसेले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन ।
बैंकले मुलुकभर फैलिएका आफ्ना २७५ वटा शाखा कार्यालयहरु मार्फत देशका विभिन्न स्थानहरुमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आईरहेको र भविष्यमा पनि निरन्तर यसरी नै सामाजिक कार्यहरुमा सहयोग गरिरहने प्रतिबद्धता जनाएको छ । यस्ता कार्यक्रमहरुले अन्य संघ संस्था तथा व्यक्तिहरुलाई पनि सामाजिक उत्तरदायित्वको बोध गराउने र देश विकासका कार्यहरुमा योगदान पु¥याउन प्रोत्साहन गर्ने विश्वास बैंकले लिएको छ ।
हाल यस बैंकले मुलुकभर २७५ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं् २३ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

Publish on: