आजदेखि एनआइसी एशिया बैंकको ४ अर्बको ऋणपत्र « Eglish Khabarhub

आजदेखि एनआइसी एशिया बैंकको ४ अर्बको ऋणपत्र



काठमाण्डौ । एनआइसी एशिया बैंक लिमीटेडले आजदेखि ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गरेको छ ।

बैंकले १० वर्षका लागि १० प्रतिशत ब्याजदर दिनेगरी ऋणपत्र निष्काशन गरेको हो । यो बैंकको चौथो ऋणपत्र हो ।

प्रतिकित्ता १००० रुपैयाँ दरका कुल ४० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । ऋणपत्र किन्न चाहनेले छिटोमा माघ १६ गतेसम्म र ढिलोमा फागुन १३ गतेसम्म आवेदन दिन सकिनेछ ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २० लाख कित्तासम्मका लागि आवेदन दिनसक्ने छन् ।

इच्छुक लगानीकर्ताले नेपाल एसबीआई मर्चेन्ट बैकिङ लिमीटेडको मुख्य कार्यालय, एनआइसी एशिया बैंकका सबै शाखा कार्यालय तथा सीआस्वा सेवा संचालनको अनुमति पाएका जुनसुकै बित्तीय संस्थाका कार्यालयबाट ऋणपत्र खरीदका लागि आवेदन दिन सक्नेछन् ।

Publish on: