काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको तीव्र विकासका लागि छिमेकीको सहयोग आवश्यक हुने बताएका छन् ।
चीन सरकारको सहयोगमा निर्माण भएको कोटेश्वर कलंकी सडक हस्तान्तरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको सपना पुरा गर्नकाल गि छिेमकी देशरुबाट बहुआयामिक रुपमा सहयोग लिनु परेको उल्लेख गरे ।
‘नेपाल विकास र उन्नतीका लागि चीनले उदार र फराकिलो मनशायका साथ सहयोग गरेको छ । यसको म प्रशंशा गर्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले भने ।
हरेक दिन एक कदम अघि बढ्ने गरी सरकारले काम गरिरहेको बताउँदै उनले सरकारलाई ढिलो गर्ने छुट नभएको बताए ।
तीब्र विकासका लागि अवरोधको रुपमा रहेका ऐन, कानुन, नियम वा अन्य प्रकारका व्यवधानलाई हटाउन सरकार तयार रहेको प्रधानमन्त्री उनको भनाइ छ ।
‘तीव्र विकासका अवरोधक के के छन् सम्बन्धित निकायले ल्याउनुहोस्, आवश्यकता अनुसार मन्त्रिपरिषदबाटै निर्णय गरेर त्यस्ता अवरोधहरु हटाउँला,’ ओलीले भने ।
ओलीले नेपाल चीन सम्बन्ध मानवीय मात्र होइन प्राकृतिक रुपले पनि नजिक रहेको स्पष्ट पारे ।
‘हाम्रो सम्बन्ध प्राचिनकालदेखि हो, प्राकृतिक रुपमा हो, साँस्कृतिक रुपमा पनि हो,’ उनले भने ।
नेपालका लागि चीनका राजदुत हु यांकीले प्रधानमन्त्री ओलीलाई निर्माण सम्पन्न गरेर सडक हस्तान्तरण गरेको घोषणा गरे ।
SHARE YOUR THOUGHTS