ग्लोबल आइएमई बैंकको ‘प्रोफेशनल लोन’ सुविधा, बिना धितो १५ लाख पाइने « Eglish Khabarhub

ग्लोबल आइएमई बैंकको ‘प्रोफेशनल लोन’ सुविधा, बिना धितो १५ लाख पाइने



काठमाडौं । ग्लोबल आइएमई बैंकले पेशागत ब्यक्ति तथा कर्मचारीहरुलाई लक्षित गरी “ग्लोबल आइएमई प्रोफेशनल कर्र्जा” सञ्चालनमा ल्याएको छ ।

विभिन्न पेशामा संम्बद्ध व्यक्तिहरु जस्तै डाक्टर, इन्जिनियर, सि.ए. लगायत अन्य कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई लक्षित गरि बैंकले सञ्चालनमा ल्याएको “प्रोफेशनल लोन” अन्र्तगत सेवाग्राहीले बिना धितो १५ लाख सम्म ऋण प्राप्त गन सक्ने बैंकले जनाएको छ ।

सुलभ व्याजरमा उपलब्ध गराईने यस्तो कर्जाबाट विभिन्न पेशामा र व्यवसायमा आवद्ध व्यक्तिहरुलाई सहज तरिकाले बैंकिङ्ग ऋणको पहुँच पुग्ने विश्वास बैंकले लिएको छ ।

सरल मासिक किस्ताबन्दीमा ५ वर्षसम्मको लागि प्रदान गरिने ‘प्रोफेशनल लोन’ सुविधाले आफ्नो पेशा व्यवसायको साथसाथमा अन्य कुनै क्षेत्रमा लगानी गर्न चाहने कर्मचारी वर्गलाई सघाउ पुर्याउने बैंकले विश्वास लिएको छ ।

‘प्रोफेशनल लोन’ सुविधा नेपाल भरी फैलिएर रहेका ग्लोबल आइएमई बैंकका शाखा कार्यालयहरु मार्पmत उपलब्ध हुनेछ ।

Publish on: