६ महिनामा इन्भेष्टमेन्ट बैंकले १ अर्ब ९७ करोड कमायो, अरु सूचक कस्ता छन् ? « Eglish Khabarhub

६ महिनामा इन्भेष्टमेन्ट बैंकले १ अर्ब ९७ करोड कमायो, अरु सूचक कस्ता छन् ?



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ ।

बैंकले प्रकाशित गरेको विवरण अनुसार यो अवधिमा नाफा ७.९ प्रतिशतले बढाएर १ अर्ब ९७ करोड ५५ लाख ७२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा बैंकको नाफा १ अर्ब ८३ करोड ४ लाख ५८ हजार रुपैयाँ रहेको थियो ।

१ अर्ब ९७ करोड ५५ लाख ७२ हजार रुपैयाँ नाफा आर्जन गरेको बैंकको वितरण योग्य नाफा १ अर्ब ७२ करोड करोड ६६ लाख ५३ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा वितरण योग्य नाफा १ अर्ब ८३ करोड ४ लाख ८५ हजार रुपैयाँ रहेको छ । बैंकको वितरण योग्य नाफा भने अघिल्लो वर्षको तुलनामा घटेको छ ।

बैंकको नाफा बढनमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाको साथ मिलेको छ । बैंंकको खुद ब्याज आम्दानी २३. ३६ प्रतिशतले बढेर ३ अर्ब ३१ करोड ३२ लाख ३५ हजार पुगेको छ । गत वर्षको यही अवधिमा २ अर्ब ६८ करोड ५६ लाख २८ हजार रहेको थियो ।

यस्तै सञ्चालन मुनाफा पनि ८.७४ प्रतिशतले बढेर २ अर्ब ८४ करोड ३७ लाख ६३ हजार रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा यो मुनाफा २ अर्ब ६१ करोड ४९ लाख ७८ हजार रहेको छ ।

१० अर्ब ६२ करोड ६४ लाख रुपैयाँ बाट बढाएर १२ अर्ब ५८ करोड ९९ लाख ७ हजार रुपैयाँ पुर्याएको बैंकको जगोडा कोषमा ११ अर्ब ९७ करोड ७४ लाख ३ हजार रुपैयाँ रहेको छ । १ खर्ब ४२ अर्ब १० करोड ६६ लाख ५२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा गत आवको सोहि अवधिको तुलनामा बढेर २.०४ प्रतिशत पुगको छ । गत वर्षको १.१२ प्रतिशत रहेको थियो । ३३ रुपैयाँ ९९ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ १३ पैसा रहेको छ ।

Publish on: