सानिमा इक्वीटी फण्डको सुचीकृत शेयरमा लगानी बढ्यो « Eglish Khabarhub

सानिमा इक्वीटी फण्डको सुचीकृत शेयरमा लगानी बढ्यो




काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गतको सानिमा इक्वीटी फण्डको प्रति इकाई खुद मूल्य बढेको छ । मंसिर महिनामा १० रुपैयाँ २० पैसा रहेको प्रति इकाई खुद मूल्य पुस महिनामा १० रुपैयाँ ५८ पैसा रहेको छ ।

फण्डको सूचिकृत सेयरमा लगानी बढेर ४३ करोड ३० लाख ३५ हजार ३०३ रुपैयाँ रहेको छ । मंसिरमा यो रकम ४२ करोड २८ लाख ३१ हजार ९९२ रुपैयाँ रहेको थियो । फण्डका सुचिकृत सेयरमा सबै भन्दा बढी नबिल बैंकको संस्थापक सेयरमा ४ करोड ६ लाख १ हजार ५२० रुपैयाँ रहेको छ ।

फण्डको मुद्दति निक्षेपमा मंसिर महिनाको तुलनामा घटेको छ । मंसिर महिनामा २६ करोड बैंक मौज्दात रहेको फण्डको पुसमा १३ करोड मात्र रहेको रिपोर्टमा उल्लेख छ ।

बैंक मुद्दति निक्षेपमा पैसा घटेपनि मौज्दातमा भने बढेको छ । मंसिर महिनामा ६३ करोड ५६ लाख रुपैयाँ रहेकोमा पुसमा ७६ करोड ७ लाख ३४ हजार रुपैयाँ पुगेको छ ।

Publish on: