काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयर (आइपीओ) बिक्री गर्ने भएको छ ।
यो सेयरमा दोलखा जिल्लाका गैरिशंकर र विगु गाउँपालिकाका केही वडाका स्थानीयले आवेदन दिन सक्नेछन् ।
स्थानीयलाई सेयर बिक्रीका लागि ‘क’, ‘ख’ र ‘ग’ वर्गमा वर्गिकरण गरिएको छ ।
क अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नं ७ मार्बुका बासिन्दालाई ५ लाख ४० हजार कित्ता अर्थात ३०%, ख अन्तर्गत पर्ने गौरीशंकर गाउँपालिका वडा नं ५ सुरी, ६ चंखु, ८ खारे र ९ का बासिन्दाका लागि ७ लाख २० हजार अर्थात ४० प्रतिशत सेयर छुट्याइएको कम्पनीले जनाएको छ ।
ग अन्तर्गत गौरीशंकर गाउँपालिका वडा नम्बर १ र २ जुगु, वडा नम्बर ३ र ४ झ्याकु र विगु गाउँपालिका वडा नम्बर ४ लादुकका बासिन्दाका लागि ५ लाख ४० हजार कित्ता अर्थात ३० प्रतिसत सेयर छुट्याइएको छ । यसको बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट रहेको छ ।
माघ २२ गतेबाट फागुन ७ गतेसम्म आवेदन दिन सकिनेछ । त्यो अवधिमा सेयर नबिकेको खण्डमा फागनु २७ गतेसम्म आवेदन दिन सकिने छ ।
न्यूनतम २० देखि अधिकतम ९ हजार कित्तासम्म सेयर भर्न पाईन्छ । सेयर भर्नका लागि प्राइम बैंकको जिरी र बैतेश्वर शाखा, सेन्चुरी कमर्सियल बैंकको सिंगटी र चरीकोट शाखा तथा ग्रीनलाईफ हाईड्रोपावरको आयोजनास्थल पनि आवेदन दिने सकिने छ । ग्रीनलाइफको सेयरलाई केयर रेटिङले ‘४ ग्रेड’ दिएको छ ।
SHARE YOUR THOUGHTS