अमेरिकाको भिसा पाउने हल्ला र यथार्थबारे अमेरिकी दुतावासले यस्तो भन्यो « Eglish Khabarhub

अमेरिकाको भिसा पाउने हल्ला र यथार्थबारे अमेरिकी दुतावासले यस्तो भन्यो



काठमाडौ । काठमाडौस्थित अमेरिकी दुतावासले अमेरिकी दुतावासबाट प्राप्त हुने भिसाका सम्बन्धमा चलेका विभिन्न हल्ला निरर्थक रहेको जनाएको छ ।

अमेरिकी भिसा प्राप्त हुने अवस्था सबै भाग्यको कुरा हो र यो कन्सुलर अधिकृतको मनस्थितिमा पूर्णतया निर्भर रहन्छ भन्ने हल्ला पुर्णतया निराधार रहेको र भ्रमपुर्ण रहेको बताइएको छ ।

भिसा प्राप्त गर्ने कुरा सबै भाग्य र कन्सुलरको मनस्थितिमा भरपर्ने हल्लाबारे स्पष्ट पार्दै दुतावासले भनेको छ यो सबै भ्रमपुर्ण हो त्यसैले भ्रमका पछि नलागि यथार्थ बुझेर अघि बढनुहोला ।

अमेरिकी भिसासम्बन्धमा गरिने सबै निर्णयहरू अमेरिकी कानून र नियमहरूमा आधारित रहने स्पष्ट पारेको छ । भिसा जारी गर्ने कुरा कन्सुलर अधिकृतको मनस्थिति, कुनै निश्चित समय या दिनमा भर नपर्ने पनि उल्लेख गरेको छ ।

भिसा आबेदकहरुले भेट्ने हरेक कन्सुलर अधिकृतहरू उच्च तालिमप्राप्त हुने र उनीहरुले कुनै पनि भिसाको बारेमा निर्णय गर्दा समान कानुनी मानकहरूको प्रयोग गर्ने समेत दुताबासले जनाएको छ ।

Publish on: