काठमाडौ । ज्योति विकास बैंकले सिन्धुली जिल्लाको सिन्धुलीबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
सिन्धुलीबजारमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अम्रेश चन्द्र बैदार तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले एक कार्यक्रमका बिच संयुक्त रुपमा उद्घाटन गरेका छन ।
हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएममार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंकले जानकारी दिएको छ ।
SHARE YOUR THOUGHTS