२९ मंसिर २०८२, आइतबार

मालपोत कर्मचारीलाई कालोमोसो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत । जिल्ला मालपोत कार्यालयका सूचना अधिकारी नरबहादुर घर्तीलाई मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का कार्यकर्ताले कालोमोसो दलेका छन् ।

सेवाग्राहीलाई अनावश्यक दुःख दिएको आरोपमा आज कार्यकक्षमै पुगेका क्रान्तिकारी माओवादीका कार्यकर्ताले कालोमोसो दलेका हुन् ।

क्रान्तिकारी युवा लिग र अखिल क्रान्तिकारी विद्यार्थी सङ्गठनले संयुक्तरूपमा कालोमोसो दलेको युवा लिगका हिमाल शाहीले पुष्टि गरे ।

मालपोत कार्यालयका प्रमुख लक्ष्मी खत्रीले सेवाग्राहीको काम गरिरहेका बखत कर्मचारीमाथि दुव्र्यवहार गरिनु कानूनी शासनको उपहास भएको प्रतिक्रिया दिए । रासस