काठमाडौं । गरिमा विकास बैंकले बैदेशिक मुद्राको कारोबार सुरुवात गरेको छ । एक कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रकान्त बरालले विकास बैंकको शाखा कार्यालय लाजिम्पाट बाट यो सेवाको शुभारम्भ गरे ।
यस सुविधा अन्र्तगत विकास बैंकका ग्राहकहरुले परिवत्र्य विदेशी मुद्राहरु खरिद, बिक्री र पासपोर्टबापतको सटही सुविधा प्राप्त गर्नेछन ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीयकार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ६६शाखा र १५ वटा एटीएम संचालनमा छन ।
विकास बैंकले निकट भविष्यमा पर्साको बीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर,कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखाकार्यालय खोल्दैछ ।
विकास बैंकले आर्थिक बर्ष २०७५÷७६ को दोश्रो त्रैमासको अन्त्यसम्ममा रु.२६ अर्ब ९८ करोड निक्षेप संकलन गरी रु.२३ अर्ब ५२ करोड कर्जा लगानी गरेको छ । साथै विकास बैंकले गतबर्षको तुलनामानाफामा ५४.८१ प्रतिशतले बृद्धि गरी रु.४३ करोड ९३ लाख सञ्चालन मूनाफा आर्जन गर्न सफल भएको छ ।
SHARE YOUR THOUGHTS