उद्योग वाणिज्य महासंघको अध्यक्ष भइसकेका पशुपति मुरारका सिमेन्ट उत्पादक संघको अध्यक्ष « Eglish Khabarhub

उद्योग वाणिज्य महासंघको अध्यक्ष भइसकेका पशुपति मुरारका सिमेन्ट उत्पादक संघको अध्यक्ष



काठमाडौं । व्यवसायी पशुपति मुरारका सिमेन्ट उत्पादक संघको अध्यक्ष बन्ने भएका छन् । संघको आज (बिहीबार) हुने १४औं साधारणभाले मुरारकालाई सर्वसहमतिमा अध्यक्ष निर्वाचित गर्दैछ ।

व्यवसायी मुरारका निजी क्षेत्रको सर्बोच्च संगठन नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भइसकेको छन् । लामो समय मासंघको राजनीतिमा छाएका मुरारका पनि सिमेन्ट उत्पादक संघको अध्यक्ष बन्न स्वीकार गरेका छन् ।

अहिले संघको अध्यक्षमा ध्रुब थापा छन् । आज हुने साधारणसभाले मुरारकाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

मुरारकाबा बुबा आत्मराम मुरारका अध्यक्ष हुँदा निकै सक्रिय भएको सिमेन्ट उत्पादनक संघ लामो त्यसयता भने निस्क्रिय जस्तै थियो । नेतृत्व प्रखर नहुँदा संघ निस्क्रिय देखिएको भन्दै उद्योगीहरुले मुरारकालाई अध्यक्ष बनाउने निधो गरेका हुन् ।

मुरारका अर्घाखाँची सिमेन्टका लगानीकर्ता हुन् ।

‘तपाईंजस्तो प्रखर व्यक्तिले नेतृत्व गरिदिनु भयो भने संघ सक्रिय मात्रै हुँदैन, प्रभावकारी भूमिकामा पनि हुन्छ भनेर हामीले कन्भिन्स गरेपछि उहाँले स्वीकार गर्नुभयो,’ संघका एक पदाधिकारीले क्लिकमाण्डूसँग भने, ‘मुरारकालाई सर्वसहमतिमा नयाँ अध्यक्ष बनाउन लागिएको हो ।’

आज २ बजेदेखि र्याडिसन होटेलमा संघका साधारणसभा शुरु भएको छ । साँझसम्ममा नयाँ नेतृत्व चयन गर्नेछ ।

सिमेन्ट उद्योगमा यावत समस्या देखिएको तर संघको नेतृत्व प्रभावकारी नहुँदा सरकार तथा सरोकारवालाबाट पेलिएको व्यवसायीहरुको ठहर छ ।

महासंघको अध्यक्ष भएर व्यक्तित्व निर्माण गरिसकेका मुरारकासँग सरोकारवाला समक्ष संस्थागत कुरा प्रभावकारी ढंगले राख्न सक्ने खुबी छ । त्यसैले उद्योगीहरुको आग्रहमा उनी संघको अध्यक्ष बन्ने भएका हुन् ।

Publish on: