२८ मंसिर २०८२, शनिबार

मेट लाइफले बैदेशिक रोजगारीमा जानेको बीमा गर्न मानेन, नेपाल लाईफले पायो थप सेयर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मेट लाइफ एलिकोले बैदेशिक रोजगारीमा जानेहरुको म्यादी जीबन बीमा गर्न अस्वीकार गरेको छ । बैदेशिक रोजगारीमा जाने कामदारको कामदारको एकद्वार प्रणालीममार्फत म्यादी जीवन बीमा गर्नका लागि गठन भएको पुलमा बस्न एलिकोले इन्कार गरेको हो ।

नियामक निकाय बीमा समितिले माघ १ गतेदेखि पुल स्थापना गरेर बैदेशिक रोजगारीमा जाने कामदारको म्यादी जीबन बीमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । र, माघ १५ गतेभित्र पुल सञ्चालनका लागि माघ १५ गतेभित्र कार्यविधि तयार पार्न समितिले एक कार्यदल पनि गठन गरेको छ ।

कार्यदलमा बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु रहेका थिए । कार्यदलले कोषमा बजार हिस्साका आधारमा पुलमा सेयर रहनेगरी संरचना र सञ्चालन सम्बन्धी कार्यविधि तयार पारिसकेको छ ।

‘एलिकोले पुलको सदस्य बन्न अस्वीकार गरेको छ, कर्पोरेट कार्यालयले अनुमति नदिएका कारण पुलको सदस्य बन्न नसकेको जानकारी गराएपछि बजार हिस्साका आधारमा सबैभन्दा ठूलो कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई एलिकोको हिस्सा दिइएको छ,’ बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले क्लिकमाण्डूसँग भने ।

पुलमा नेपाल लाइफले १९ प्रतिशत र एलिकोले १ प्रतिशत सेयर रहने प्रस्ताब गरिएको थियो । एलिकोले बस्न नमानेपछि पुलमा नेपाल लाइफको सेयर १२ प्रतिशत भएको छ ।

बैदेशिक रोजगार बीमालाई व्यववस्थित बनाउन समितिले यस्तो पुल बीमाको व्यवस्था गर्नु परेको बीमा समितिका पौडेलले बताए ।

बैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायलाई बढीभन्दा बढी ग्राहक उन्मूख बनाउन यस्तो व्यवस्था गर्नु परेको उनले बताए ।

यस्तो छ कार्यविधि