काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) बिक्री शुक्रबारदेखि सुरु भएको छ ।
कम्पनीले ६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।
संस्थाकाअनुसार लगानीकर्ताले न्युनतम १० कित्ता अर्थात एक हजार रुपैंयाँ बराबरको पनि आवेदन दिन सक्नेछन् । यस्तै अधिकतम ३ हजार ३ सय ७० कत्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
उक्त कम्पनीको सेयर छिटोमा यही माघ २२ गते र ढिलोमा आगामी फागुन १९ गतेसम्म खरिद गर्न सकिनेछ ।
बिक्री हुन लागेको सेयरमध्ये १० हजार ३ सय ७० कित्ता कर्मचारीलाई, ३३ हजार ७ सय कित्ता म्युचुअल फण्डलाई र बाँकी ६ लाख २९ हजार ९ सय ३० कित्ता सर्वसाधारणका लागि बिक्री गरिनेछ । सो लघुवित्त प्रभु समूहले प्रवद्र्धन गरेको संस्था हो ।
SHARE YOUR THOUGHTS