काठमाडौ । नेपाल राष्ट्र बैकको बाध्यकारी केवाइसी नियमले बैंकका ग्राहकहरु बिच्किने गरेको बैकरहरुले गुनासो गरेका छन् ।
ग्राहकहरुको यथार्थ विवरण अपडेट गर्नुपर्ने भन्दै केहि वर्षअघि सबै बैंकहरुले आफ्ना ग्राहकहरुलाई केवाइसी फर्म भराइ सबै विवरण अद्यावधिक गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो ।
उक्त निर्णय पश्चात सबै ग्राहकहरुलाई बैंकले बैंकमा उपस्थित भई फाराम भर्न पटक पटक सूचना दिदै आएका छन ।
केवाइसी फाराम भर्दा ग्राहकहरुले आफ्नो नागरिकता, बस्ने ठाउँ, घर पुग्ने नक्सा, भाडामा बस्ने भए घरधनीको पानी वा विद्युत महसुल बुझाएको विलको भौचर लगायत विभिन्न कागजात पेश गर्नुपर्ने हुुन्छ । कतिपय घरधनीहरुले विल नदिदाँ ग्राहकहरुले अन्य कुनै घरबेटीको विल बुझाउने गरेका छन् ।
नेपाल बैंकिङ इन्स्टीच्यूटले आयोजना गरेको एन्टि मनि लाउन्डरिङ सम्बन्धी कार्यक्रममा बोल्दै नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र्र ढुङगानाले प्रत्येक वर्ष र पटक–पटक त्यही नागरिकताको फोटोकपी र बस्ने ठाउँ लगायतका विबरण मात्र माग्दा ग्राहकहरु रिसाउने र विच्किने गरेको बताए ।
ग्राहकहरुको आम्दानी, व्यालेन्स लगायत अन्य खास कुरामा निगरानी बढाए पुग्नेमा त्यही कुरा बारम्बार भनिरहदाँ ग्राहकहरुलाई बैंकहरुले सम्झाउन मुस्किल भएको समेत उनले बताए ।
‘ग्राहकहरुलाई हामीले राष्ट्र बैंकका कारण फाराम भराउन बाध्य छौ भन्नुपरेको छ तर ग्राहकहरुले झन्झट मान्दा बैंकलाई ग्राहकहरु सम्हाल्न गाह«ो भएको छ,’ उनले भने ।
त्यस्तै विकास बैंक संघका कार्यकारी अध्यक्ष गोविन्द प्रसाद ढकालले बैंकहरु ग्रामीण भेगमा पुग्दै गरेको अवस्थामा केवाइसी फाराम भराउन निकै गाह«ो भएको बताए ।
सेवासुविधा उपलब्ध भएका सहरमा समेत केवाइसी फाराम समयमा भराउन नसकिरहेको अवस्थामा दुर्गम ठाउँमा यो निकै चुनौतिपुर्ण भएको उनको भनाइ छ ।
ग्राहक खाता खोल्न वा कुनै कारोवार गर्न टाढा टाढाबाट आउनुहुन्छ, कहिले कागजात विर्सनुहुन्छ र त्यहि कामका लागि पटक पटक बैंक धाउनुपर्दा बैकहरुलाई ग्राहकहरुलाई सम्झाउनु निकै गाह«ो हुने गरेको बताए ।
केवाइसी मात्र आर्थिक अनियमितता रोक्ने एकमात्र माध्यम नभएको र अन्य धेरै कुरामा ध्यान दिनुपर्ने बैंकरहरुले बताएका छ ।
ग्राहकहरु आफ्नो दैनिक काममा व्यस्त हुने र कतिपय ग्राहकहरु खाता खोली विदेशीने गरेका कारण समयमा केवाइसी फाराम भर्न नपाउने अवस्था छ ।
त्यसैगरी केवाइसी फाराम नभरेका कारण खाता होल्ड भइ चाहेको बेला कारोबार गर्न नपाएको ग्राहकहरुले गुनासो गर्ने गरेका छन् ।
SHARE YOUR THOUGHTS