काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नारायणहीटी दरबारदेखि प्रधानमन्त्री तथा सभामुख निवास बालुवाटारसम्म एकैपटक लोडसेडिङ गराउने भएको छ । शुक्रबार (आज) दिउसो ३ बजेदेखि ५ बजेसम्म सो क्षेत्रको विद्युत लाइन काटिने प्राधिकरणले जनाएको छ ।
राजदरबारको स्वीचिङ स्टेशनको सचिवालय तथा श्री सदन फिडरको प्यानल तथा ब्रेकर मर्मत गर्नका लागि उक्त स्थानमा बिजुली कटौति गरिने प्राधिकरणले जनाएको छ ।
जसकारण नारायणहीटी दरबार संग्रहालयभित्र, नेपाल आर्मी भित्र ढोका, नक्साल प्रहरी प्रधान कार्यालय, अख्तियार कार्यालय बालुवाटार, सभामुख निवास, प्रधानमन्त्री निवास, नेपाल राष्ट्र बैंकसम्म र नारायणहीटी परिसरमा झिलपोखरीसम्मका स्थानहरुमा विद्युत सेवा बन्द हुनेछ,’ प्राधिकरणले निकाले सूचना जारी गर्दै भनेको छ, ‘त्यसबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण क्षमा प्रार्थी छ ।’
SHARE YOUR THOUGHTS