काठमाडौं । शुक्रबार ९ बजे र्याडिशन होटेलमा नेपाल बैंकिङ इन्स्टीच्युटले एन्टि मनि लाउन्डरिङ सम्बन्धी कार्यक्रम गरेको थियो । कार्यक्रमका प्रमुख अतिथि थिए राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबी नेपाल ।
कार्यक्रममा बैंकरहरुको बाक्लो उपस्थिति थियो । बैंकर्स संघका अध्यक्षसमेत रहेका नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना र नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहसँगै बसेका थिए ।
उनीहरुबीच बैंकर्स संघले ब्याजदरमा गरेको भद्र सहमति तोडेको भन्ने विषयमा खासखुस कुराकानी भइरहेको थियो ।
‘हेर्दै जानुस् म सेञ्चुरी बैंकलाई कारबाही गरेरै छाड्छु,’ बैंकर्स संघका अध्यक्ष ढुंगानाले नविल बैंकका सीइओ अनिल शाहलाई खुसुक्क भने ।
‘कारबाही गरेन भने त सिस्टम बिग्रिहाल्छ नि,’ ढुंगानाको कुरामा सहमति जनाउँदै अनिल शाहले थपे ।
‘सनराइज र एनसीसीले पहिला ब्याज बढाएका हुन्, उनीहरुलाई अस्ति नै कारबाही गरेको भए सेञ्चुरीले बढाउने नै थिएन, उनीहरुलाई कारबाही नभएपछि सेञ्चुरीले बढायो,’ एक बैंकरले भने, ‘अहिले बैंकर्स संघका अध्यक्ष सेञ्चुरीलाई कारबाही गर्छु भन्दै हिँड्नु भएको छ । यो त पक्षपातपूर्ण व्यवहार हो । कारबाही गर्ने नै भए सबैलाई गर्नुपर्छ ।’
१२ बजेतिर कार्यक्रम सकियो । त्यसपछि अपिस पुगेका ज्ञानेन्द्र ढुंगानाले आइतबारका लागि बैंकर्स संघको बैठक बोलाए । र, सीइओहरुलाई म्यासेज पठाउँदै सेञ्चुरी बैंकलाई कारबाही गर्नका लागि बैठक बोलाइएको जानकारी गराए ।
सेञ्चुरी बैंकले संस्थागत मद्दति निक्षेपमा ९.९९ प्रतिशत ब्याज दिने घोषणा गरेपछि अरु बैंकरहरुले सेञ्चुरीका विरुद्धमा बैंकर्स संघमा उजुरी दिएका थिए ।
बैंकरहरुले उजुरी दिएपछि संघका अध्यक्ष ढुंगाना सेञ्चुरीलाई कारबाही गर्न सहमत भएका हुन् ।
तर, यसअघि संघले ब्याजदरमा गरेको भद्र सहमति तोड्ने एनसीसी बैंक र बैंकर्स संघकै उपाध्यक्ष सीइओ सनराइज बैंकलाई कारबाही गर्न बैंकरहरुले कुरा उठाउँदा ढुंगानाले आलटाल गर्दै आएका थिए ।
सनराइज र एनसीसी बैंकले भद्र सहमति तोडे, उनीहरुलाई बैंकर्स संघले के गर्छ ? भन्ने क्लिकमाण्डूको प्रश्नमा ढुंगानाले भनेका थिए- ‘यो समान्य विषय हो, नविकरणका लागि उहाँहरुले केही बढी ब्याज दिनुभएको हो, यस्तो भइरहन्छ । यो पटकको भद्र सहमति राष्ट्र बैंकले गराएको हो, त्यसैले के हुन्छ भनेर उतै सोध्नुहोस् ।’
सनराइज र एनसीसी बैंकले ब्याज बढाउँदा चुपचाप बसेका अध्यक्ष ढुंगानाले सेञ्चुरी बैंकले बढाउँदा कारबाही गर्छु भन्दै म्यासेज गर्नु पक्षपातपूर्ण ब्यवहार भएको एक बैंकरले गुनासो गरे ।
आइतबारको संघको बैठकमा संघका अध्यक्षले सेञ्चुरी बैंकमा सिस्टमेटिक रिस्क देखिएको भन्दै सेञ्चुरीसँग कारोबार नगर्ने प्रस्ताब गर्ने तयारी गरिरहेको एक बैंकरले बताए ।
‘सनराइज र एनसीसीले पहिला ब्याज बढाएका हुन्, उनीहरुलाई अस्ति नै कारबाही गरेको भए सेञ्चुरीले बढाउने नै थिएन,’ एक बैंकरले भने, ‘उनीहरुलाई कारबाही नभएपछि सेञ्चुरीले बढायो । तर, अहिले बैंकर्स संघका अध्यक्ष सेञ्चुरीलाई कारबाही गर्छु भन्दै हिँड्नु भएको छ । यो त पक्षपातपूर्ण व्यवहार हो । कारबाही गर्ने नै भए सबैलाई गर्नुपर्छ ।’
अर्का एक बैंकरले भने भद्र सहमति तोड्नेलाई कारबाही गर्ने अधिकार बैंकर्स संघलाई नभएको बताए ।
‘बैंकर्स संघ कारबाही गर्ने निकाय होइन, सकेसम्म सबैलाई सहमति मानेर जाऔं भनेर भन्ने संस्था मात्रै हो,’ ती बैंकरले भने ।
करिब एक वर्षअघि भद्र सहमति तोडेको भन्दै बैंकर्स संघले एनआइसी एशिया बैंकसँग अरु बैंकले कारोबार नगर्ने निर्णय गरेको थियो ।
आइतबारको संघको बैठकमा संघका अध्यक्षले सेञ्चुरी बैंकमा सिस्टमेटिक रिस्क देखिएको भन्दै सेञ्चुरीसँग कारोबार नगर्ने प्रस्ताब गर्ने तयारी गरिरहेको एक बैंकरले बताए ।
प्रतिक्रिया दिनुहोस्