काठमाडौ । ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाबीच कृषि ऋणको व्याजमा ५० प्रतिशत अनुदान प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
स्थानिय कृषकहरुलाई ग्लोबल आइएमई बैंक मार्फत ऋण प्रवाह गर्ने र उक्त ऋणको ५० प्रतिशत व्याज मुसिकोट नगरपालिकाले बैङ्कलाई भुक्तानी गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।
स्थानिय कृषि व्यवसायको प्रर्वद्धनमा सहयोग पु¥याउने तथा कृषकहरुलाई सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउने उदेश्यले ग्लोबल आइएमई बैंक र मुसिकोट नगरपालिकाबीचमा दुईपक्षीय सम्झौता गरिएको हो । उक्त सम्झौता पश्चात छनौट भएका कृषकहरुले आवश्यक कागजपत्र पुरा गरेपश्चात बैंक नियमानुसार न्यूनतम २ लाख देखि अधिकतम १० लाख सम्मको ऋण सुविधा उपयोग गर्न पाउने छन ।
SHARE YOUR THOUGHTS