स्वस्थ्य भएर पूर्वयुवराज पारस घर फर्किए « Eglish Khabarhub

स्वस्थ्य भएर पूर्वयुवराज पारस घर फर्किए



काठमाडौँ । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार आएपछि नर्भिक इन्टरनेशनल हस्पिटलबाट आज निर्मल निवास फर्किएका छन् ।

हृदयाघात भएपछि गत आइतबार अस्पताल भर्ना भएका शाहलाई लिन बहिनी प्रेरणालगायत आफन्तहरु अस्पताल पुगेका थिए । उनको मुटुको एन्जिओप्लास्टिक गरिएको अस्पतालले जनाएको छ ।

उनी अहिले सामान्य खानपिन र हिँड्डुुल गर्न सक्षम भएको भए पनि नियमित औषधि सेवन गर्नुपर्ने भएको छ । एक सातापछि स्वास्थ्य परीक्षण गर्न अस्पतालले सुझाएको छ ।

उनलाई करीब १० वर्षको अवधिमा अहिलेसम्म ३ पटक हृदयाघात भएको जनाइएको छ ।

Publish on: