नेपाल बैंकको नाफामा सामान्य सुधार, वितरण योग्य नाफा भने घट्यो « Eglish Khabarhub

नेपाल बैंकको नाफामा सामान्य सुधार, वितरण योग्य नाफा भने घट्यो



काठमाडौं । नेपाल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा बैंकको नाफा अपेक्षाकृत भने देखिएको छैन ।

बैंकको नाफा आर्जनका लागि सहयोग गर्ने इन्डिकेटरहरु खुद ब्याज आम्दानी, सञ्चालन मुनाफामा सुधार आएपनि नाफामा भने सामान्य सुधार मात्र देखिएको छ ।

गत आवको दोस्रो त्रैमासमा १ अर्ब ६३ करोड ८४ लाख ५९ हजार रुपैयाँ नाफा कमाएको बैंकले चालु आवको सोहि अवधिमा १.४० प्रतिशलते बढाएर १ अर्ब ६६ करोड १४ लाख ९८ हजार रुपैयाँ पुर्याएको छ ।

बैंकको नाफामा सामान्य सुधार आएपनि वितरण योग्य नाफा भने गिरावट आएको छ । गत आवको दोस्रो त्रैमासमा १ अर्ब ६३ करोड ८४ लाख ५९ हजार रुपैयाँ रहेको बैंकको चालु आवको सोहि अवधिमा १ अर्ब ५७ करोड ६८ लाख ७५ हजार रुपैयाँ मात्रै रहेको छ ।

गत आवको दोस्रो त्रैमासमा २ अर्ब ९४ करोड ३ लाख २९ हजार खुद ब्याज आम्दानी रहेको बैंकको चालु आवको सोहि अवधिमा ७.७२ प्रतिशतले बढेर ३ अर्ब १६ करोड ७२ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।

गत आवको दोस्रो त्रैमासमा १ अर्ब ८३ करोड २४ लाख ४७ रुपैयाँ रहेकोमा चालु आवको सोहि अवधिमा २६.१९ प्रतिशतले बढेर २ अर्ब ३१ करोड २४ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।

९ अर्ब ८१ करोड ११ लाख ४८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १९ अर्ब ६५ करोड १४ हजार रुपैयाँ रहेको छ ।

१ खर्ब ५ अर्ब ६७ करोड ८२ लाख ८६ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ८५ अर्ब ७९ करोड ८४ लाख ७२ हजार रुपैयाँ कर्जा लगानी गरेको रिपोर्टमा उल्लेख छ ।

गत आवको दोस्रो त्रैमासको तुलनामा बैंकको खराब कर्जा ३.२३ प्रतिशतबाट घटेर २.७४ प्रतिशतमा झरेको छ । प्रतिसेयर आम्दानी ३३ रुपैयाँ ८७ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ ३०० रुपैयाँ २८ पैसा रहेको छ ।

Publish on: