काठमाडौ । पुर्वअर्थमन्त्री तथा नेपाली काङग्रेसका नेता डा. रामशरण महतले के.पी ओली नेतृत्वको सरकारका काम उसले देखाएका लक्ष्य प्राप्ति गर्न पर्याप्त नभएकाले गभ्भीर हुन सुझाब दिएका छन ।
राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले लगानी बढाउँछु र दश वर्षभित्र मध्यम आय भएका राष्ट्र बनाउने र अर्थव्यवस्थालाई पर क्यापिटा ईन्कम दश हजार डलर पुर्याउनेजस्ता सरकारले अनेक अनेक हावादारी लक्ष्यहरु घोषणा गरिरहेको पनि उनले गम्भिर आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री डाबोस जानुभयो । यो अत्यन्तै राम्रो कुरा हो । त्यसमा असहमित होईन् । तर, मुल कुरो के हो भने देशको अवस्था नै नसुधारिकन खाली भाषणमात्रै गरेर देश तथा विदेश घुमेरमात्रै अथवा लगानी सम्मेलन गरेरमात्रै लगानी आकर्षित हुने कुरो होईन् ।’
उनले थप्दै भने देशमा सुशासन छ कि छैन ? भएका नियम, कानुनहरु राम्रोसँग पालना हुन्छन् कि हुँदैनन् ? भ्रष्टाचार समाप्त भएको छ कि छैन ? न्यायपालिका स्वतन्त्र छ कि छैन ? विधिको शासन लागु भएको छ कि छैन ? देशभित्रका लगानीकर्ताहरु के खोज्दैछन् ? भन्ने कुरामा सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ । उनले भने, ‘देशभित्रै काम गर्ने वातावरण र लगानीको वातावरण बनाउनुपर्छ । तर, यी सबै कुरामा निराशजनक स्थिति छ।’
विश्व बैंकले प्रत्येक वर्ष प्रकाशित गर्ने ‘डुईङ बिजनेश रिपोर्ट’ मा नेपालको लगानीको वातावरणको अवस्था घटेको पनि उनले स्मरण गराए । महतले भने, ‘नेपालको स्टाटस घटेको छ । उता टा«न्सपरेन्सी ईन्टरनेश्नलको रिपोर्टअनुसार नेपालमा भ्रष्टाचार बढेको छ ।’
त्यस्तै उनले नेपालमा पछिल्लो समय लगानीकर्ताहरु आतंकित भएको अवस्था आफूले देखेको पनि आरोप लगाए । महतले भने, ‘लगानी गर्छु भन्ने मान्छेहरु पनि अहिले हच्किएका छन् । लगानी गरेकाहरुपनि उद्योग नै बन्द गर्नुपर्ने हो कि भन्ने अवस्थामा पुगेका छन् ।’
महतले मुलुकमा वैदेशि लगानी भित्र्याउनको लागि आकर्षणको वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘लगानी ल्याउनको लागि देशको स्थिति सुधार्नुपर्छ ।’ उनले सरकारले समयमै र सही ढंगले निर्णय गर्नुपर्नेतर्फ ध्यान दिनुपर्ने सुझाव दिए । उनले भने, ‘यसको लागि व्युरोक्रेसीलाई ईफिसेन्ट बनाउनुपर्छ ।’
सरकारले लगानी सम्मेलन गर्न लागेको विषयमा टिप्पणी गर्दै उनले भने,‘अढाई वर्ष अघि प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो । नविन्द्रराज जोशी उद्योगमन्त्री हुनुहुन्थ्यो । त्यतिवेला कि–नोट नै मैले सम्बोधन गरेको थिएँ । त्यतिवेला १४ मिलियन डलरको लगानी गर्छौं भनेर प्रतिबद्धता आएको थियो । लगानीकर्ताहरुले एम.ओ.यूमा हस्ताक्षर गरेर गएका छन् । सरकारले त्यतिवेला प्रतिबद्धता गरेका लगानीकर्ताहरुसँग फलो–अप गर्नुपर्छ । उनीहरु किन आएनन् भनेर सोध्नुपर्छ ।’
उनले नयाँ सम्मेलन गर्छु भनेरमात्रै प्रचार गर्न नहुने धारणा राखे । उनले भने, ‘मेरो सरकारलाई अहिलेपनि सुझाव छ–यो प्रचारवाजी कुरामात्रै होईन । भाषणवाजी कुरामात्रै होईन । काम गरेर देखाउनुपर्यो । मेहनत गर्ने वातावरण बनाउनुपर्यो ।’
फरक प्रसँगमा डा. महतले भेनेजुएला प्रकरणबारे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मोदुरो सरकारलाई पूरा समर्थन गरेर वक्तव्य निकालेको बताउँदै भने,‘अब तुरुन्तै परराष्ट्र मन्त्रालयले अर्को निकाल्यो । ईसेन्स भन्ने हो भने, कोर कुरो भन्ने हो भने करिब करिब प्रचण्डजीलाई नै समर्थन गर्या जस्तो छ । बाहिर देखाउँदा त्यसलाई रिफाईन गरेर, ईडिटिङ गरेको जस्तो पनि देखिन्छ । मुल कुरो यहाँहरुलाई जानकारी भएकै कुरो हो कि–भेनेजुएला तेलको अत्यन्तै धनी मुलुक हो । संसारका जुन जनु मुलुक तेलका धनी छन्, अत्यन्तै सम्पन्न भएका छन् । तर, भेनेजुएला भन्ने त्यस्तो मुलुक हो, जहाँ चाही जनताले खान नपाएर, औषधोपचार नपाएर र मुल्य वृद्धि अकाशिएर ८० हजार प्रतिशत मुल्यवृद्धि, त्यस्तो दुरदशा छ ।’
भेनेजुएलाका ३० लाख जनता त गएको तीन वर्ष यता खान नपाएर, औषधी उपचार नपाएर र मुल्यवृद्धि धान्न नसकेर छिमेकी मुलुकहरुमा गैसकेको पनि महतले सुनाए । महतले भने,‘२ पाउण्ड मासु किन्नको लागि एक महिनाको तलब लाग्छ, त्यहाँको कम्युनिष्ट शासन त्यस्तो छ । समाजवादको नाममा त्यस्तो दुरदशा छ ।’ चुनाव हुँदा प्रमुख प्रतिपक्षी दललाई प्रतिबन्ध लगाईएको पनि उनले सुनाए ।
महतले अघि थपे,‘प्रतिपक्षी दललाई त चुनाव नै लड्न नदिने ? अनि चुनावमा एकजनाले दश चोटी मत हाल्दापनि हुने, औंलामा कालो रंग लगाउने व्यवस्था नै हटाईदियो । धाँधली गरेर त्यहाँ चुनाव भएको छ । त्यसकारण यत्रो क्राईसिसको समयमा युएनले ईन्टरफेरेन्स गर्न सक्छ । त्यसलाई मानवीय हस्तक्षेप भन्छ । अब यस्तो बखतमा हामीले चाहीँ त्यहाँ निश्पक्ष चुनाव हुनुपर्छ, ईन्टरनेश्नल मोनिटिरिएङ र युएनको सुपरभिजनमा चुनाव हुनुपर्छ भन्ने खालको अभिव्यक्ति दिएको भए त्यसलाई कसैलेपनि आपत्ति गर्नुपर्ने खालको स्थिति थिएन् ।’
नेपाल सरकारले निकालेको वक्तव्यका कारण अमेरिकी सरकार रिसाएको आफूले सुनेको पनि महतले सुनाए । उनले भने,‘हिजो सरकारको कुटनीतिक ब्रिफिङमा अमेरिकाका राजदुतपनि आएनन् । हामीले उनीहरुलाई चिढ्याउनुपनि जरुरी थिएन् । अब उनीहरुलाई पनि सम्झाएर हाम्रो पोजिसन यो हो भनेर अलिकति सन्तुलित ढंगले बोल्नुपर्दथ्यो । र, चाहीँ अहिले भेनेजुएलाको सरकारलाई समर्थन ठीक छ भन्नु त्यो विल्कुलै ठीक होईन् । किनभने त्यहाँ ठूलो मानवीय संकट छ । र, धाँधली भएर चुनाव भएको छ । प्रतिपक्षको मुख बन्द गरिएको छ । त्यसलाई समर्थन गर्ने भन्ने कुरा निश्चय नै उचित होईन् ।’
उनले ईकोनोमिक फ्रन्टमापनि सरकार असफल भएको दाबी गरे । महतले थपे,‘खाली चाहीँ आकाशे कुरा, वायुपंखी घोडा चढ्नेमात्रै कुरो, हावादारी कुरामात्रै गरेर हुँदैन् । आफ्ना आचरण, व्यवहार, सही नीति र कार्यान्वयन कसरी भएको छ ? त्यसरी चाहीँ देशलाई अगाडि बढाउन सकिन्छ । हामी अहिले एउटा चूनौतिपूर्ण अवस्थामा छौं ।’
सरकार अहिले राजनीतिक स्वार्थलाई सर्वोपरि अघि बढेको आरोप लगाउँदै उनले यो स्थितिबाट सरकार मुक्त हुनुपर्ने सुझाव दिए । महतले भने,‘देश निर्माणमा सरकारले सबैलाई मोटिभेट गर्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने आजको आवश्यकत्ता हो ।’
विदेश नीतिबारे पनि नेपालले गलत कुरालाई गलत र सही कुरालाई सही भनेर आत्मविश्वासका साथ भन्न सक्नुपर्ने धारणा राखे । उनले भने,‘यस्ता कुराहरुमा निर्णय गर्दा विपक्षी दलहरुसँगपनि परामर्श गर्नुपर्यो ।’
SHARE YOUR THOUGHTS