काठमाडौं । प्रभु बैंकले लगानीकर्ताहरुलाई दिने भनेको लाभांश दरमा परिवर्तन गरेको जनाएको छ ।
पहिला ५ प्रतिशत बोनस र ५.२६३ प्रतिशत नगद लाभांश दिने भनेको बैंकले यो दरलाई परिवर्तन गरेर ८ प्रतिशत बोनस दिने नेप्सेलाई जानकारी गराएको छ ।
राष्ट्र बैंकले नियमनकारी कोषमा १७ करोड ४ लाख ६० हजार रुपैयाँ थप गरी सञ्चित मुनाफाबाट बोनस सेयर वितरण गर्न निर्देशन दिएको प्रभुले जनाएको छ ।
बैंकले लगानीकर्ताहरुलाई ८ प्रतिशत बोनस सेयर दिन ६५ करोड ८७ लाख १५ हजार ८८२ रुपैयाँ छुट्टयाएको छ । यस्तै कर प्रयोजनका लागि ३ करोड ४६ लाख ६९ हजार २५७ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेको खण्डमा आगामी वार्षिक साधारण सभामा पेश हुनेछ । र, साधारणसभाले पारित गरेको खण्डमा लगानीकर्ताहरुले पाउने छन् ।
गत आर्थिक वर्षमा बैंकको पुँजी पर्याप्पता अनुपात निकै टाइट थियो । त्यसैले राष्ट्र बैंकले बैंकलाई नगद लाभांश वितरण गर्न नदिएको हो ।
SHARE YOUR THOUGHTS