लघुवित्तले समेत विदेशी मुद्रामा ऋण लिन सक्ने « Eglish Khabarhub

लघुवित्तले समेत विदेशी मुद्रामा ऋण लिन सक्ने



काठमाडौं । लघुवित्त संस्थाले समेत विदेशी मुद्रामा ऋण ल्याएर यहा लगानी गर्न पाउने भएका छन् ।

नेपाल राष्ट्र बैंकले कृषि,ऊर्जा पर्यटन लगायतका क्षेत्रमा कर्जा दिनको लागि लघुवित्त संस्थाले समेत विदेशी मुद्रामा ऋण ल्याउन सक्ने व्यवस्था लागु गरेको हो ।

यसरी लघुवित्त संस्थाले विदेशबाट ल्याउने ऋण जोडेर आफ्नो प्राथमिक पुँजीको ३० गुणासम्म रकम ल्याउन सक्ने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

यसरी लघुवित्त संस्थाले विदेशी बैंक तथा वित्तीय संस्थासँग मात्र ऋण लिन सक्ने छन् । ऋणको भुक्तानी १ देखि ५ वर्षसम्मको अवधीको लागि हुने छ । यसरी ल्याउने ऋणमा लघुवित्तले ६ प्रतिशत लेबोरमा ३ प्रतिशत जोडेर लिन पाउने छन् ।

Publish on: