काठमाडौं । लामोसमयदेखि सेयर लगानीकर्ताहरुले मार्जिन लेन्डिङ कार्यान्वयनमा ल्याउन गरेको माग पुरा भएको छ ।
धितोपत्र बोर्डले मार्जिन लेन्डिङ सम्बन्धी कार्यविधि शंसोधन गर्दै कार्यान्वयनमा ल्याउन बाटो खोलेको हो । यो सँगै सेयर लगानीकर्ताहरुले सेयर धितो राखेर ब्रोकर अफीसबाटै ऋण लिन पाउने भएका छन् ।
यसले लगानीकर्ताहरु उत्साहीत भएको प्रतिक्रिया दिएका छन् । निरन्तर ओराले लागिरहेको बजारमा यो कार्यविधि तत्काल कार्यान्वयनमा आए बजारको विकासमा झनै ठूलो सहयोग पुग्ने अपेक्षा लगानीकर्ताको रहेको छ ।
तर, आइतबारको बजारमा भने मार्जिन लेण्डिङको कुनै प्रभाव देखिएन । बजार खुलेदेखि २ बजेसम्म घटेको छ ।
मार्जिनको विषयमा सबै लगानीकर्ताहरुको धारणा भने सकारात्मक नै रहेको छ । उनीहरुले राखेको धारणा यस्तो छः
अम्बिका पौडेल, अध्यक्ष नेपाल इन्भेष्टर फोरम
यो विषय हामीले धेरै लामो समयदेखि उठाँउदै आएका थियौं । हाम्रा मागहरु विस्तारै पुरा हुने चरणमा रहेका छन् । मार्जिन कार्यान्वयका लागि बोर्डबाट बाटो खुला भएको छ । यो निकै स्वागतयोग्य काम हो । अहिले लगानीकर्ताको माग सम्बोेधन भएको पनि कार्यान्वयमा आईसकेको भने छैन । अब कार्यान्वयन कसरी हुन्छ त्यो हेर्न बाँकी छ । कार्यविधिमा उल्लेख भए अनुसार काम भयो भने बजारको विकास, विस्तारमा कसैले रोक्न सक्दैन ।
अहिले ब्याजदरको विषय पनि आएको छ । ब्याजदर प्रचलित बजार मूल्य बन्दा बाहिर जान मिल्दैन । गयो भने बोर्ड र नेप्सेले नियन्त्रण्मा राख्नुपर्छ । अब लगानीकर्ता यो सेवा सिलन आँतुरछन् । ऋण भनेको बजारमा जसले सस्तो दरमा दिन्छ त्यहाँ जाने हो ।
नेपाल पुँजी बजार लगानीकर्ता संघ, अध्यक्ष, राधा पोखरेल
मार्जिन लेन्डिङ आएको छ । जुन निकै स्वागतयोग्य पनि छ । ब्याज बजारले निर्धारण गर्ने भनिएको छ । बैंकबाट ऋण लिएर लगानीकर्ता दिने भएकाले ब्याजर फाइनान्स कम्पनीको बराबर हुने स्थिती देखिएको छ ।
अहिले तत्काल ब्याजदर नौं प्रतिशतमा ल्याउनु पर्छ र नागरिक लगानीक कोष तथा कर्मचारी सञ्चयकोषलाई मार्केट मेकरको काम गर्न दिनुपर्छ । जसले बजारमा सुधार ल्याउँछ ।
उपाध्यक्ष तारा प्रसाद फुल्लेल, सेयर लगानीकर्ता संघ
हामीले यो चाँडो आउनुपर्छ भनिरहेका थियौं । अहिले आएको छ । जुन निकै यो स्वागत कमद हो । यो लगानीकर्ताका लागि राम्रो लगाानीको अवसर पनि हो ।
अब कार्यान्वयन चाँडो हुनुपर्छ । कार्यान्वयनमा आएपछि बजारमा झनै साकारात्मक प्रभाव पर्छ । कार्यान्वयनमा जान ढिला गर्नुुहुँदैन ।
SHARE YOUR THOUGHTS