काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) इन्डेक्समा ८.६७ अंकको गिरावट आएर सूचक ११५३.०६ बिन्दुमा पुगेको छ ।
यो दिनको कारोबारमा ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.७२ अंकले घटेको छ ।
आइतबार १६९ कम्पनीको १५ लाख २७ हजार ७०६ कित्ता सेयर ४१ करोड ५७ लाख ७३ हजार ६०३ रुपैयाँमा किनबेच भएको छ ।
११ समूहको कारोबारमा व्यापार समूहको सूचक २.८७ अंकले बढेको छ भने बाँकी सबै समूहको सूचकमा गिरावट आएको छ ।
कारोबारमा बैंकिङ समूहको ५.६४, होटेल १७.२५, विकास बैंक ८.७१, जलविद्युत १८, वित्त १.०२, निर्जीबन बीमा कम्पनी ३६.३१, उत्पादन तथा प्रशोधन, १८.३८, अन्य १२.३८, माइक्रोफाइनान्स २.८ र जिवन बीमा समूह ३७.५३ अंकले घटेको छ ।
आइतबार कारोबार रकमको आधारमा माच्छापुच्छ«े बैंकको संस्थापक समूह अग्रस्थानमा देखिएको छ भने दोस्रोमा नेपाल टेलिकम रहेको छ । माच्छापुच्छ«े र टेलिकमको क्रमशः ५ करोड ९३ लाख ५ हजार ४४८ रुपैयाँ र नेपाल टेलिकमको ३ करोड ५५ लाख २८ हजार रुपैयाँ रहेको छ ।
विजय लघुवित्त, जनउत्पादन सामुदायिक, युर्सोदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन भने सानिमा इक्वीटी फण्ड, आरम्भ माइक्रोफाइनान्स, अरुणभ्याल हाईड्रोपावर डेभलपमेन्ट, महालक्ष्मी विकास बैंकका लगानीकर्ताले गुमाएका छन् ।
SHARE YOUR THOUGHTS