ग्लोबल आइएमई बैंकले ल्यायो रु ५०० बोनस योजना « Eglish Khabarhub

ग्लोबल आइएमई बैंकले ल्यायो रु ५०० बोनस योजना



काठमाडौ । ग्लोबल आइएमई बैंकले विदेशबाट नेपाल भित्रिने रेमिट्यान्सलाई सेभिङ्गमा बदल्ने उद्धेश्य अनुरुप ग्लोबल आइएमई बैंक को रेमिट्यान्स डिपोजिट बचत खाता खोल्दा ग्राहकलाई बोनस व्यालेन्स स्वरुप ५०० रुपैया उपलब्ध गराउने भएको छ ।

विदेशबाट आउने रेमिटयान्सबाट लाभग्राहीले आवश्यक पैसा मात्र निकालेर बाँकी रकम बचतका गरी व्याज आर्जन गरुन भन्ने उउद्धेश्यले यो योजना ल्याएको बैंकले जनाएको छ । श्रमका लागि बिभिन्न देशमा जाने नेपाली कामदारले विदेश जानुअगाडी रेमिट्यान्स बचत खाता खोल्न सक्नेछन भने विदेशबाट निरन्तर रुपमा रेमिट्यान्स प्राप्त गर्ने लाभग्राहीले समेत यो खाता खोल्न सक्नेछन् । ग्राहकले ग्लोबल आइएमई बैंकका जुनसुकै शाखाबाट रेमिट्यान्स बचत खाता खोलेपछि बैकले ग्राहकले खोलेको नयाँ खातामा बोनस रकम जम्मा गरिदिनेछ ।
ग्लोबल आइएमई बैंक लि. आम नागरिकमा बचत गर्ने बानीको बिकास गराउनको लागि प्रोत्सहान गर्ने उद्धेश्यले विभिन्न समयमा यस्ता योजनाहरु अगाडी सार्दै आएको छ ।

Publish on: