काठमाडौं । नेपाल राष्ट्र बैंकले २ अर्ब ४६ करोड ८७ लाख रुपैयाँ एक वर्षे मुद्धति निक्षेपमा लगानी गर्ने भएकोे छ ।
बैंकले ‘क’ वर्गका बाणिज्य बैंकहरुमा दुई अर्ब ६ करोड ८७ लाख, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा ३० करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा १० करोड रुपैयाँ निक्षेप लगानी गर्ने जनाएको छ ।
फागुन १ देखि आगामी माघ २९ गतेसम्मका लागि निक्षेप लगानी गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदरसहित माघ २३ गते अपरान्ह ३ बजे सम्म शिलबन्दी दरभाउपत्र पेश गर्नु पर्ने छ ।
यसका लागि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेका शर्तहरु पालना गर्नुपर्ने छ ।
जसमा बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा भएको हुनुपर्ने, तोकेको न्यूनतम पुँजीकोष कायम भएको, खराब कर्जा ५ प्रतिशत भन्दा कम भएको, खुद तरल सम्पति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको हुनुपर्ने जस्ता शर्त रहेका छन् ।
SHARE YOUR THOUGHTS