१ अर्ब ४३ करोडको आइपीओ जारी गर्न अनुमति, सबै कम्पनी हाइड्रोपावरका « Eglish Khabarhub

१ अर्ब ४३ करोडको आइपीओ जारी गर्न अनुमति, सबै कम्पनी हाइड्रोपावरका



काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अहिलेसम्म चार वटा कम्पनीले साधारण सेयर (आइपीओ) जारी गर्ने अनुमति पाएका छन् ।

आइपीओ जारी गर्न अनुमति पाएका चार वटा कम्पनीको पुँजी बजारमा १ अर्ब ४३ करोड ७६ लाख ६१ हजार रुपैयाँको १ करोड ४३ लाख ७६ हजार ६१० कित्ता सेयर आउने भएको छ ।

बोर्डबाट आईपीओ जारी गर्न अनुमति पाउने कम्पनीमध्ये सबै जलविद्युत कम्पनी रहेका छन् । अनुमित पाएर सेयर जारी गर्ने तयारीमा रहेका कम्पनीहरुमा हिमालयन उर्जा विकास कम्पनी, यूनिभर्सल पावर कम्पनी, पाँचथर पावर कम्पनी र ग्रिनलाईफ हाईड्रोपावर रहेका छन् ।

साधारण सेयर जारी गर्ने मध्ये सबै भन्दा बढी मध्ये यूनिभर्सल पावगर कम्पनी रहेको छ भने सबै भन्दा कम हिमालयन उर्जा विकास कम्पनी (स्थानीय)लाई दिने सेयर रहेको छ ।
पछिल्लो समयमा अन्य कम्पनी भन्दा जलविद्युत कम्पनीको साधारण सेयर बजारमा आउने क्रम बढेको छ ।

Publish on: