काठमाडौं । एनआइसी एशिया बैंकले पर्वतको वारीबेनीमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उदघाटन जलजला गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले गरे ।
गत बैशाख १९गतेबाट कारोबार शुरु भएको उक्त शाखाको औपचारिक उदघाटन भने अहिले गरिएको हो ।
बैंकले मुलुकभर २७५ शाखा कार्यालय, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एव्ं २३ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
बैंकको वासलातको आकार २ खर्ब १८ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने कुलनिक्षेप करिब १ खर्ब ७५ अर्ब तथा कर्जा १ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ । यो बैंक शाखा सञ्जालका हिसाबले सबैभन्दा ठूलो र निक्षेप तथा कर्जामा निजी क्षेत्रद्वा सञ्चालित बैंकहरुमध्ये सबैभन्दा ठूलो हुन सपल भएको छ ।
हालसम्म बैंकका साढे १४ लाख ग्राहक छन् । संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बैंकले जनाएको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रम ाआफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखाकार्यालय संचालन गर्ने योजना बनाएको बैंकका सूचना अधिकारी अर्जुन राजखनियाले जानकारी दिए ।
SHARE YOUR THOUGHTS