मार्जिन ट्रेडिङको ब्यवस्थापछि पनि १७ अंकले घट्यो नेप्से सूचक « Eglish Khabarhub

मार्जिन ट्रेडिङको ब्यवस्थापछि पनि १७ अंकले घट्यो नेप्से सूचक



काठमाडौं । धितोपत्र बोर्डले सेयर प्रमाणपत्र धितो राखेर ब्रोकरबाटै ऋण लिन पाउने व्यवस्था गरेपनि बजारले त्यो व्यवस्थालाई स्वीकार्न नसकेको देखिएको छ । बोर्डले शुक्रबार यस्तो व्यवस्था गरेको थियो ।

यो व्यवस्थाले बजारमा सुधार आउने अपेक्षा भएपनि आइतबार र सोमबार सेयर बजार ओरालो लागेको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम झनै घटेको छ । आइतबार नेप्से सूचक साढे ८ अकंले घटेको थियो ।

सोमबार नेप्से परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार कारोबार मापन गर्ने परिसूचक ८.८५ बिन्दुले घटेर एक हजार १४४.२७ बिन्दु कायम भएकोे छ ।

आइतबारको तुलनामा कारोबार रकममा पनि गिराटव आएको छ ।

सोमबार १६२ कम्पनीको १२ लाख ९ हजार ८६८ कित्ता सेयर ३६ करोड ४३ लाख ६४ हजार ८४९ रुपैयाँमा किनबेच भएको छ । आइतबार ४१ करोड भन्दा बढीको सेयर किनबेच भएको थियो ।

कारोबारमा ११ वटा उप समूहमध्ये होटल उपसमूह बाहेक सबैको सेयर कारोबार घटेको नेप्सेले देखाएको छ । होटल उपसमूहको ०.३५ बिन्दुले बढेको छ ।

बाँकी सबै उपसमूहको कारोबारमा गिरावट आएको छ । बैंकिङ ६.१९, ब्यापार ४.८२, विकास बैंक ९.७५, जलविद्युत १९.५२, वित्त ०.४२, निर्जीबन बीमा २०.२४, उत्पादन तथा प्रशोधन १५.३७, अन्य ८.०३, माइक्रोफाइनान्स १३.९१ र जीवन बीमा ६४.९८ बिन्दुले घटेको छ ।

सोमबार कारोबार रकमको हिसाबले सबै भन्दा बढी नेपाल बैंकको २ करोड ७१ लाख ५६ हजार १४८ रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा अप्पर तामाकोशी र तेस्रोमा प्रभृ बैंकका संस्थापक सेयरधनी रहेका छन् ।

बजार घट्दा पनि सेन्ट्रल फाइनान्सका सेयरधनीले ३.६७ प्रतिशत नाफा कमाएका छन् । बरुण हाईड्रो पावरका लगानीकर्ताले २.९७, आरएसडीसी लघुवित्तका लगानीकर्ताले २.३४ प्रतिशत नाफा कमाएका छन् ।

त्यस्तै आँखु खोल ४.७०, खानी खोला ४.२१, कालिका लघुवित्त ७.७५, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ३.६५ प्रतिशत गुमाएका छन् ।

Publish on: