एनबी बैंकलाई नाफामा एनसीसी बैंकले जित्यो « Eglish Khabarhub

एनबी बैंकलाई नाफामा एनसीसी बैंकले जित्यो



काठमाडौं । नेपाल बंगलादेश बैंक(एनबी)लाई नाफामा नेपाल क्रेडिट एण्ड कमर्श(एनसीसी) बैंकले जितेको छ ।

कुनै समय एनबी ग्रुपको बहुमत सेयर नै दुई बैंकमा थियो ।

दुई बैंकले प्रकाशित गरेको दोस्रो त्रैमासिक अवधीको अपरिस्कृत वित्तीय विवरण अनुसार एनसीसीले नियामकिय व्यवस्था अन्तर्गत प्रोभिजन गरेको रकमपछि ६४ करोड ३९ लाख रुपैयाँ फ्रि प्रोफिट गरेको छ ।

बैंकको नाफा ७४ करोड ११ कलाख थियो । नियामकिय व्यवस्था अन्तर्गत बैंकले ९ करोड ७२ लाख रुपैयाँ छुट्याएको छ ।

यस्तै एनबी बैंकले पुस मसान्तसम्ममा ६१ करोड ८२ लाख फ्रि प्रोफिट गरेको छ । नियामकिय व्यवस्था अन्तर्गत १७ करोड ५० रुपैयाँ बैंकले छुट्याएको छ । बैंकको नाफा भने ७९ करोड थियो ।

पुस मसान्तसम्मको विवरणमा एनसीसी बैंकको निक्षेप र कर्जा एनबी बैंकको भन्दा बढी छ । एनसीसी बैंकको पुस मसान्तसम्ममा निक्षेप ६४ अर्ब ७१ करोड रहेको छ यस्तै कर्जा ५८ अर्ब ४४ करोड रहेको छ ।

एनबी बैंकको निक्षेप ५२ अर्ब २७ करोड तथा कर्जा ५१ अर्ब ४० करोड रहेको छ ।
चुक्ता पुँजी भने एनसीसी बैंकको अझै पुगेको छ । पुस मसान्तसम्ममा बैंकको चुक्ता पुँजी ७ अर्ब रहेको छ । यस्तै एनबीको भने चुक्ता पुँजी ८ अर्ब ८ करोड रहेको छ ।

कर्जा निक्षेप अनुपातको आधारमा एनबी बैंक एनसीसीभन्दा बढी सहज अवस्थामा छ । एनबीको कर्जा निक्षेप अनुपात ७७.२९ प्रतिशत रहेको छ भने एनसीसीको ७८.२१ प्रतिशत रहेको छ ।

बेसरेट एनबीको १०.८२ प्रतिशत र १०.८७ प्रतिशत रहेको छ । यस्तै प्रति सेयर आम्दानी तर्फ १९.६२ रुपैयाँ एनबीको छ भने एनसीसीको २१.१२ रहेको छ ।
एनसीसीको रिजर्बमा ४ अर्ब १७ करोड रहेको छ भने एनबीको रिजर्बमा ३ अर्ब ५१ करोड रहेको छ ।

Publish on: