बीमा कम्पनीका कर्मचारीको शैक्षिक योग्यता तोकिँदै, कुन पदमा जागिर खान कति पढ्नुपर्छ ? « Eglish Khabarhub

बीमा कम्पनीका कर्मचारीको शैक्षिक योग्यता तोकिँदै, कुन पदमा जागिर खान कति पढ्नुपर्छ ?



काठमाडौं । बीमा कम्पनीमा जागिर खाने कर्मचारीहरुको न्यूनतम शैशिक्ष योग्यता तोकिने भएको छ । समितिले तयार पारेको बीमकको कर्मचारी सेवा शर्त विनियमावली सम्बन्धी मार्गदर्शन- २०७५ मा बीमा कम्पनीमा काम गर्ने कर्मचारीको न्यूनतम शैक्षिक योग्यता तोकिएको छ ।

बीमा क्षेत्रमा कर्मचारीलाई व्यवस्थित गर्दै दक्ष जनशक्ति आकर्षित गर्न कर्मचारी विनियमावली बनाइको समितिका अध्यक्ष चिरञ्जीबी चापागाईंले जानकारी दिए ।

‘भिन्नाभिन्नै कम्पनीमा आआफ्नै कर्मचारी विनिमावली हुँदा समस्या भयो, त्यसैले बीमा समितिले एकीकृत कर्मचारी विनियमावली बनाएको हो,’ चापागाईंले क्लिकमाण्डूसँग भने, ‘सरोकारवालाहरुको सुझाब लिइसकेका छौं, केही समयभित्रै कार्यान्वयनमा ल्याउँछौं ।’

शैक्षिक योग्यतालाई बढुवा गर्नका लागि गरिने कार्यसम्पादन मूल्यांकनमा २० नम्बर प्रदान गरिने विनियमावलीमा उल्लेख छ ।

समितिले तयार पारेको विनियमावलीमा बीमा कम्पनीको ६ वटा मूख्य पदमा जागिर खानका लागि न्यूनतम मस्टर डिग्रीसम्मको अध्ययन पूरा गरेको हुनुपर्छ । समितिले कर्मचारीको श्रेणी विभाजन गर्दै शैकिक्ष योग्यता तोक्न लागेको हो ।

व्यवस्थापकीय श्रेणीमा प्रमुख कार्यकारी अधिकृतको सहायकको रुपमा काम गर्नका लागि २ वटा पद तयार पारिएको छ । जसमा उपकार्यकारी प्रमुख र नायव वा सहायक महाप्रबन्धको व्यवस्था गरिएको छ । यी दुबै पदमा जागिर खानका लागि कम्पतीमा स्नातकोत्तर पूरा गरेको हुनुपर्छ ।

त्यसैगरी, कार्यकारी तहमा बरिष्ठ प्रबन्ध, प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धकमा जागिर खानेले पनि स्नातकोत्तर पूरा गरेको हुनुपर्छ ।

त्यस्तै, अधिकृतस्तको कर्मचारीलाई ३ श्रेणी (बरिष्ठ अधिकृत, अधिकृत र कनिष्ठ अधिकृत) मा विभाजन गरिएको छ । र, अधिकृतस्तरको ३ वटै श्रेणीमा काम गर्न स्नातक अर्थात ब्याचलर पास गरे पुग्छ ।

बीम क्षेत्रमा कर्मचारी भर्ना, नियुक्ति, सरुवा, बढुवा, सेवा-सुविधा लगायतलाई पारदर्शी एवं व्यवस्थित बनाउन एकीकृत कर्मचारी विनियमावली बनाइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

त्यसैगरी आइए अर्थात प्रविणता प्रमाणपत्रसम्मको अध्ययन पूरा गरेका कर्मचारीले भने बरिष्ठ सहायक र कनिष्ठ सहायकमा मात्रै जागिर खान पाउने छन् ।

सहयोगीमा जागिर खानका लागि सामान्य लेखपढ भए पुग्छ । सवारी चालक र कार्यालय सहयोगीलाई सहयोगीको श्रेणीमा राखिएको छ ।

शैक्षिक योग्यतालाई बढुवा गर्नका लागि गरिने कार्यसम्पादन मूल्यांकनमा २० नम्बर प्रदान गरिने विनियमावलीमा उल्लेख छ ।

बीमा क्षेत्रमा दक्ष जनशक्तिको अभाव भएको भन्ने गुनासो भइरहेका बेला बीमा समितिले न्यूनतम शैक्षिक योग्यता तोकेको हो । यसअघि पनि बीमा कम्पनीले करिब करिब यसै अनुसार कर्मचारी भर्ना गरेका थिए ।

बीम क्षेत्रमा कर्मचारी भर्ना, नियुक्ति, सरुवा, बढुवा, सेवा-सुविधा लगायतलाई पारदर्शी एवं व्यवस्थित बनाउन एकीकृत कर्मचारी विनियमावली बनाइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।

Publish on: