काठमाडौं । जनता बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६३ करोड ४६ लाख ९३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको नाफा गत आवको सोहि अवधिको तुलनामा ९०.२५ प्रतिशतले बढेको छ । गत आवको सोहि अवधिमा ३३ करोड ३५ लाख ९८ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा बैंकको वितरणयोग्य नाफा ५३ करोड ४ लाख १७ हजार रहेको छ । गत वर्षको सोहि अवधिमा २७ करोड १७ लाख ३९ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ४७.८६ प्रतिशतले बढेर १ अर्ब ५८ करोड २१ लाख ७८ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा १ अर्ब ७ करोड २५ हजार रपैयाँ रुहेको थियो ।
यस्तै सञ्चालन नाफा पनि ९०.२५ प्रतिशतले बढेर ९० करोड ६७ लाख ५ हजार पुगेको छ । गत वर्षको सोहि अवधिमा ४७ करोड ६५ लाख ६९ हजार रुपैयाँ रहेको थियो ।
८ अर्ब ७ लाख ८६ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ३ अर्ब ३ करोड ८६ लाख ७६ हजार रुपैयाँ रहेको छ । ६८ अर्ब ४३ करोड ८४ लाख २३ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ६३ अर्ब ६५ करोड १० लाख ३२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
गत आवको दोस्रो त्रैमासमा २.६५ प्रतिशत रहेको खराब कर्जालाई घटाएर १.५३ प्रतिशतमा झारेको छ ।
१५ रुपैयाँ ८७ पैसा (बार्षिक) प्रतिसेयर आम्दानी रहेको बैंंकको प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ९८ पैसा रहेको छ ।
SHARE YOUR THOUGHTS