४१ प्रतिशतले बढ्यो सेञ्चुरी बैंकको नाफा, खराब कर्जा घट्यो, अरु सूचक कस्ता ? « Eglish Khabarhub

४१ प्रतिशतले बढ्यो सेञ्चुरी बैंकको नाफा, खराब कर्जा घट्यो, अरु सूचक कस्ता ?



काठमाडौं । सेञ्चुरी बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

प्रकाशित विवरण अनुसार बैंकले गत वर्षको सोहि अवधिको तुलनामा नाफा ४१.३७ प्रतिशतले बढाएर ५१ करोड ८१ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा बैंकको नाफा ३६ करोड ६५ लाख ३१ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको वितरणयोग्य नाफा ४४ करोड ३५ लाख रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको नाफा बढन खुद ब्याज आम्दानी र सञ्चालन मुनाफाले साथ दिएका छन् ।

गत आवको दोस्रो त्रैमासमा ८९ करोड ६ लाख ९० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोहि अवधिमा १ अर्ब ३३ करोड ०३ लाख ५९ हजार रुपैयाँ आर्जन गरेको छ । खुद ब्याज आम्दानीमा ५०.३७ प्रतिशतले सुधार आएको छ ।

यस्तै बैंकको सञ्चालन मुनाफा पनि ४१.१५ प्रतिशतले बढेर ७४ करोड २ लाख ४१ हजार रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा ५२ करोड ४४ लाख ८ हजार रुपैयाँ रहेको थियो ।

८ अर्ब ६ करोड ३४ लाख ३५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ६४ करोड ४ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

६४ अर्ब १२ करोड ७८ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५८ अर्ब ८९ करोड ८० लाख २४ हजार रुपैयाँ रहेको छ ।

गत वर्षको तुलनामा बैंकको खराब कर्जा घटेर ०.८४ प्रतिशत रहेको छ । गत वर्ष ०.९९ प्रतिशत रहेको थियो ।

प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८५ पैसा रहेको बैंकको प्रति सेयर नेटवर्थ १२० रुपैयाँ ३४ पैसा रहेको छ ।

Publish on: