गाडी सम्बन्धी महत्वपूर्ण जानकारी: बनावटका आधारमा यसरी गरिन्छ वर्गीकरण « Eglish Khabarhub

गाडी सम्बन्धी महत्वपूर्ण जानकारी: बनावटका आधारमा यसरी गरिन्छ वर्गीकरण



गाडी मोह नहुने विरलै मान्छे हुन्छन् । अहिलेको व्यस्त र प्रतिस्पर्धात्मक समाजमा गाडी अपरिहार्य भइसकेको छ । गाडी समयको माग बनेको छ । मनोरञ्जन र विलासीताको वस्तु मात्रै होइन, आवश्यकता बनेको छ ।

सानो छँदा बाँसको, कुनै बट्टाको विर्को, पाइप वा अन्य कुनै तरिकाबाट पाङग्रा बनाएर गाडी चलाउने बाल्यकालका खेल तपाईहामी धेरैका संस्मरणका विषयबस्तु हुन् । यसबाट पनि प्रष्ट हुन्छ कि गाडी मोह मानिसको सानैदेखि हुन्छ ।

समयक्रम अनुसार आर्थिक आर्जनका कारण कतिले गाडी जोड्न सक्छन् । कतिले सक्दैनौ, त्यो अर्को पाटो हो ।

तपाईंहामीले बजारमा धेरै किसिमका गाडी देख्छौ । ती सबै गाडीका विशेषता आ–आफ्नै हुन्छन् । गाडीलाई धेरै आधारमा वर्गीकरण गरिन्छ । ती धेरै आधारमध्येको एक हो स्वरुपका आधारमा गरिने वर्गीकरण । बजारमा देखिने गाडीको स्वरुपका आधारमा गाडी कुन हो भनेर कसरी चिन्ने त ? यो गाडी क्षेत्रमा लागेका र विशेष चासो दिने बाहेक अरुलाई गाह्रो कुरा हो ।

सामान्यतया स्वरुपमा आधारमा गाडिको वर्गीकरण यसरी गर्ने गरिन्छ ।

१, कन्भर्टीभल्स
स्वरुपका आधारमा गरिने वर्गीकरण मध्येको एक हो कन्भटिबस्ल गाडी । कन्भर्टको नेपाली अर्थ हुन्छ परिवर्तनशिल । यसको आधारमा पनि प्रष्ट हुन्छ कि कन्र्भटिवल गाडी आफुले चाहे अनुसार स्वरुप्मा परिवर्तन गर्न सकिन्छ । यो गाडीको छत लगायत सिट वरीपरिको भाग खुल्ला राख्न चाहेमा खुल्ला र पुरै छोपिएको अवस्थामा राख्न चाहेमा बन्द गर्न सकिन्छ ।

प्राय चलचित्र तथा पर्यटन क्षेत्रमा वरिपरिको दृश्यावलोकनका लागि यस्ता गाडी धेरै प्रयोग गर्ने गरेको पाइन्छ । पहिलाको फ्याटन गाडिको विस्तारित गाडीका रुपमा पनि यसलाई चिन्ने गरिन्छ । फ्याटन गाडीमा पनि वरिपरिको भाग नभइ खुल्ला हुन्थ्यो । खासमा शुरुवाती चरणमा गाडिहरु बनाउदा सबै गाडी प्राय खुल्ला नै हुन्थे ।

१९औं शताब्दीको अन्त्यतिरबाट मात्रै पुरै छोपिएको गाडी बन्न शुरु भएको मानिन्छ । २०औं शताब्दीको मध्यबाट पहिला उत्पादन हुने पुरै खुल्ला गाडिको अन्त्य भइ परिवर्तनशिल अर्थात कन्र्भटिवल गाडी बन्न शुरु भएको हो । कन्र्भटिबल गाडीलाई कहिकतै क्याब्रियोलेट्स वा रोडस्टर्स पनि भनेर चिनिन्छ । विएमडब्लु जेड फोर, टोयोटा एमआरएस, मर्सिडिज एसएल क्लास, होन्डा एस ६६० कन्र्भटिबल गाडीका केहि उदाहरण हुन ।

२, कुप
कुप गाडीको स्वरुपका आधारमा गरिने अर्काे वर्गीकरण हो । कुप बर्गमा पर्ने गाडी एकदम छोटो बडी स्टाइलको हुन्छ । यसमा दुई ढोका हुन्छन र सामान्यतया दुइ वा चारजना मात्र बस्न मिल्छ । यस्तो गाडिमा सामान्यतया अरु गाडीमा भन्दा साना सिट हुन्छन ।

स्पोर्टी प्रकृतिको कुप गाडिमा दुइ बक्स वा तीन वक्स स्टाइलमा उपलब्ध हुन्छन । कुप गाडि पहिलोपटक १९औंं शताब्दीमा प्रयोगमा आएको थियो । फोर्ड मुस्ताङ, निसान, निसान फेयरलेडि जेड, टोयोटा ८६, मज्दा आरएक्सएट, विएमडब्लु फोर सिरिज कुप गाडिका केहि उदाहरणहरु हुन् ।

३, क्रसओभर
क्रसओभर गाडीलाई क्रस युटिलिटि भेइकल अर्थात संक्षिप्त रुपमा सियुभि भनेर पनि चिनिन्छ । क्रसओभर गाडी सामान्यतया अग्ला हुन्छन्, जुन कार प्लेटफर्ममा सजिलो यात्रा र तेलको किफायति तवरबाट तयार पारिएको हुन्छ । क्रसओभर गाडि फ्रन्ट ह्वील ड्राइभ, रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ गरि तीन संरचनामा तयार पारिन्छ ।

एसयुभि गाडिमा जस्तै क्रसओभर गाडिमा पनि प्रशस्त ठाउँ भएको भित्री भाग, कार्गो क्षमता, उच्च ग्राउण्ड क्लियरेन्स, स्मुथ ड्राइभिङ, फ्युल इकोनोमी जस्ता विशेषताहरु प्रयोग गर्न पाइन्छ । क्रसओभर गाडी सानो एसयुभि गाडिजस्तै देखिन्छन तर ड्राइभ भने अरु कारजस्तै हुन्छ । क्रसओभरका केहि विषेशता यात्रुबोक्ने कारबाट पनि समाबेश गरीएको हुन्छ । धेरै गाडीहरुको मिश्रित विशेषतका कारण क्रसओभर गाडि पनि निकै लोकप्रिय गाडिमा पर्दछन । मज्दा सिएक्स-५, निशान रग, मितसुविसु आउटल्यान्डर स्पोर्ट, मितसुविसु पजेरो क्रमओभर गाडिका केहि उदाहरणहरु हुन् ।

४. ह्रयाचब्याक

कार पारखीहरुलाई स्पोटर्स र कुप कार मन परे पनि दैनिक प्रयोगको सवालमा ह्रयाचव्याक कार निकै मन पराइएको कार हो । यसलाई तीन ढोका वा पाँच ढोका भएको कारकारुपमा पनि चिनिन्छ जसमा सामान राखने ठाउँ बढाउनका लागि पछाडि माथि जाने ढोका राखिएको हुन्छ ।ह्याचब्याक गाडिमा इन्जिनका लागि छुट्टै क्याविन रहन्छ जबकि यात्रु र सामान राख्ने क्याविन भने एउटै हुन्छ । यो दुइ बक्स डाइन्मेन्सनमा तयार पारिएको हुन्छ ।

ह्याचब्याक कारमा सामान राख्ने ठाउँ बढाउनका लागि पछाडि फोल्ड गर्न मिल्ने सिट राखिएको हुन्छ । स्टाइल र प्रशस्त ठाउँका अलावा ह्याचब्याक गाडिको रिसेल भ्यालु समेत राम्रो रहेको छ । सबै मिनिभ्यान, कम्प्याक्ट एसयुभि र क्रमओभर प्रविधिका हिसाबले ह्याचब्याकजस्तै हुन पनि भनिन्छ । ठुलो र राम्रो तरिकाले बनाइएका ह्याचब्याक गाडि पर्फेक्ट सीटि कार हुन जुन चलाउन र पार्क गर्न समेत सजिलो हुन्छ ।

ह्याचब्याक आराम, शक्ति, नियन्त्रण र सुरक्षाकाको पुर्ण मिश्रण हो । टोयोटा भिट्ज, होन्डा फिट, निसान मार्च, सुजुकी स्वीफ्ट, मज्दा डेमियो, भिडब्लु गल्फ, होन्डा सिभिक, टोयाटा यारिस ह्याचब्याक कारका केहि उदाहरण हुन् ।

५, लक्जरी
आरामदायी यात्रा अनुभुति गराउने तवरबाट तयार गरिएका गाडीलार्ई लक्जरी गाडी भनेर चिनिन्छ । लक्जरी गाडी सामान्यतया पैसावाला मानिसका लागि लक्ष्यीत गरेर बनाइन्छ । यसको ब्राण्डका साथै प्रविधिमा पनि विशेष ध्यान दिइन्छ जस कारण अन्य गाडीको तुलनामा मुल्य बढी हुन्छ । सन् १९८० को दशकतिर आरामदायी यात्रा दिलाउने ह्याभी गाडि नै लक्जरी गाडिको रुपमा चिनिन्थे ।

तर अहिले आधुनिक समयमा सेडान, ह्याचब्याक, कम्र्भटिबल, स्टेशन वागन, कुप, मिनिभ्यान, एसयुभि लगायत विभिन्न गाडिलाई पनि लक्जरी गाडीका रुपमा तयार पारिएको हुन्छ । पोर्च ९१८ स्पाइडर, लेक्सस एलएस, विएमडब्लु–७ सिरिज, अउडी ए एइड लक्जरी गाडिका केहि उदाहरण हुन ।

६, एमयुभि
भ्याज जस्तै आकारमा व्यक्तिगत प्रयोगका लागि तयार गरिएको गाडीलाई एमयुभि गाडी भनेर चिनिन्छ । एमयुभिकोे पुरा रुप मल्टि युटिलिटि भेइकल हो । यसको अर्थबाट पनि प्रष्ट हुन्छ कि एमयुभि गाडि बहुआयामिक तरिकाले प्रयोग गर्न मिल्ने गरि तयार गरिएको हुन्छ ।

एमयुभि गाडी समान्यतया मिड साइज कार र मिनिभ्यानको प्लेटफर्मको आधारमा तयार गरिन्छ । एमयुभि गाडिमा सात यात्रु क्षमताको हुन्छ र क्रसओभर भन्दा आरामदायी हुन्छ । यो वर्गको गाडिमा समान राख्ने ठाउँ पनि प्रशस्तै हुन्छ ।
सामान्यतया एमयुभि गाडी सेडान, ह्याचब्याक, र स्टेशन वागन भन्दा अग्ला हुन्छन । यसको भित्रि भाग धेरै हुन्छ र आवश्यकता अनुसारा मोडिफाई गर्न पनि सकिन्छ ।

एमयुभि गाडी विशेषगरी प्राइभेत र पब्लिक यात्राको लागि प्रयोग गरिने गरेको पाइन्छ । यसका हुने बहु–विशेषताका कारण यात्रा सहज,आरामदायी हुन्छ । टोयोटा विवि, महिन्द« जाइलो, होन्डा मोविलियो एमयुभि गाडीका केहि उदाहरण हुन् ।

७, नोचब्याक

नोचब्याक वर्गमा पर्ने गाडी सामान्यतया थ्री बक्स स्टाइलमा तयार पारिन्छ । यो वर्गमा पर्ने गाडीमा इन्जिन, यात्रु र कार्गोका लागि छुट्टै क्षेत्र निर्धारण गरिएको हुन्छ । सन् १९४० को दशकदेखि नोचब्याक निर्माण शुरु भएता पनि १९६० को दशकमा यो डिजानइन अमेरिकन अटोमेकरहरु माझ प्रख्यात भएको थियो ।

साइडबाट हेर्दा यो गाडीको अगाडिको भाग एउटा बक्स, ढोका र झ्याल भएको भाग दोस्रो बक्स र पछाडिको भाग तेस्रो बक्स जस्तै देखिन्छ । सबै नोचब्याक वर्गमा पर्ने गाडि थ्रि बक्स डिजाइनमा तयार गरिन्छ । फोर्ड मुस्ताङ नोचब्याक २८९ सीयु, ६२ पोर्च नोचब्याक यो बर्गमा पर्ने गाडिका केहि उदाहरण हुन ।

८, सेडान
बजारमा उपलब्ध विभिन्न गाडिहरुमध्येको एक प्रख्यात गाडी हो सेडान । दुई रोमा सिट र चार वटा ढोका राखिएको हुन्छ । यसलाई ड्राइभर सहित पाँच जना यात्रु क्षमता भएको आरामदायी गाडीका रुपमा चिन्छि । पाँच जना यात्रु बोक्न मिल्ने विशेषतालाई लिएर यो जनतामाझ रोजाइको गाडी बनेको हो । सेडानमा परिवर्तन गर्न नमिल्ने खालको छत हुन्छ । सेडान शब्द दक्षिण इटालिबाट आएको मानिन्छ जसको अर्थ कुर्सी भन्ने हुन्छ ।

धेरै राम्रो स्वरुप भएको गाडिका रुपमा परिचित भएकाले सबैजसो गाडि उत्पादक कम्पनीहरुले सेडान वर्गका गाडि निर्माणमा रुचि राख्दछन । मुल्य, आरामदायीपन र अन्य विषेताका कारण सेडान गाडी धेरैले रोज्ने गर्दछन । ह्याचब्याकमा जस्तै सेडान वर्गमा पर्ने गाडिमा सामान राख्नका लागि छुट्टै ठाउँ हुँदैन । टोयोटा कोरोला, होन्डा एकोर्ड, मर्सिडिज इ ५०० सेडान वर्गम पर्ने केहि उदाहरणहरु हुन ।

९, स्पोर्टस कार
स्पोर्ट कार सामान्तया दुई सीट र दुई ढोका राखेर तयार गरिन्छ । स्पोर्ट कारमा गज्जप चेसिस, एकुरेट स्टेरिङ, राम्रो ब्रेक सिस्टम लगायतका विशेषता हुन्छन । जर्मनमा सन १९०१ मा बनेको मर्सिडिज आधुनिक स्पोर्टस कारको जननीको रुपमा चिनिन्छ जुन गाडी ५.९ लिटर इन्जिन क्षमतामा निर्माण गरिएको थियो । स्पोर्टस कार भन्ने वित्तिकै धनी, खर्चालु जिवनशैली र युवा वर्गको रोजाइको कारमा रुपमा पनि मानिन्छ ।

प्रथम विश्व युद्धको अन्त्यसँगै सच्चा स्पोर्टस कारको उदय भयो । प्राय सबै स्पोर्टस कारमा दुइवटा सिट हुन्छन तर कतिपयमा बच्चा वा लगेज राख्न मिल्ने गरि पछाडि पनि साना सिट राखिएको हुन्छ जसलाई टु प्ल टु कन्फ्युगेरेसन भनेर चिनिन्छ । पोर्च बक्सटर, जाउगर एफ टाइप, मर्सिडिज बेन्ज सी क्लास स्पोर्टस कारका केहि उदाहरण हुन ।

१०, एसयुभि कार

एसयुभिको पुरा रुप हुन्छ स्पोर्टस युटिलिटि भेइकल । एसयुभि गाडीले यात्रु बोक्नुका साथै पिक अप लोड तान्ने हैसियत राख्दछ । कतिपय देशमा त एसयुभि वर्गक गाडिलाई अफ रोडर वा फोर ह्वील गाडीका रुपमा लिइन्छ ।

एसयुभि वर्गमा पर्ने गाडिलाई व्यापारिक र सैन्य गाडिको वर्गका रुपमा पनि लिइन्छ । पहिला बनेका एसयुभि गाडि यात्रु र कार्गो दुबै बोक्ने गरी बनाइएको थियो । एसयुभि गाडिको बडी पार्ट र फ्रेम छुट्टाछुट्टै तयार गरिन्छ र पछि गाँसिन्छ ।

२०औं शताब्दीको अन्त्यतिरबाट एसयुभि गाडिले बजार लिन थाल्यो । यो गाडीको इन्जिन क्षेत्र छुट्टै हुन्छ जब कि यात्रु बस्ने ठाउँ र लगेज राख्ने ठाउँ संगै हुन्छन् । टोयोटा ल्याण्ड क्रुजर, डज डुराङगो, ल्याण्ड रोभर रेन्ज रोभर एसयुभि वर्गमा पर्ने चर्चित गाडी हुन् ।

११. वागन

गाडीको स्वरुपका आधारमा वागन नामले चिनिने गाडीलाई स्टेशन वागनका रुपमा पनि चिनिन्छ । यसको बडी स्टाइल यसरी तयार पारिएको हुन्छ जुन पछाडि सम्म विस्तार गर्न मिल्छ । वागन गाडी सामान्यतया एक्ट्रा सिट र लगेज राख्ने ठाउँ सहित पाइन्छ ।

गाडी वागन हो वा होइन भनेर छुट्टाउने सजिलो उपाय भनेको यसको छत हो । वागन को छतको लाइन यसको पछाडिको ढोका लाइन बाट शुरु हुन्छ । वागनमा अल ह्वील ड्राइभ, आकर्षक भित्रि भाग, अफ रोड ग्राउण्ड क्लियरेन्स, पर्याप्त प्रविधि लगायत विभिन्न विशेषताहरु हुन्छन् । कतिपय अवस्थामा यसलाई यात्रु बोक्ने भ्यान भन्ने गरेको पनि पाइन्छ । भल्कस्वागेन जेट्टा, स्पोर्टवागेन, फोर्ड फ्लेक्स, सुवारु आउटब्याक वागन वा स्टेशन वागन गाडिका केहि उदाहरण हुन् ।

१२, सुपर कार

उच्च प्रदर्शन क्षमता, महङगो र उच्च प्रविधि जडित गाडिहरु सुपर कार बर्गमा पर्दछन । सुपर कारमा उच्च इन्जिनियरिङ, प्रदर्शन र स्टाइलको मिश्रण पाइन्छ । अटो निर्माताहरुले सुपर कारलाई हलो भेइकल भनेर मार्केटिङ गरेको पाइन्छ र यी कार सिमित रुपमा उत्पादन गरिन्छ । सामान्य अवस्थामा पाँच हजार कार उत्पादन गरिन्छ तर कहिलेकाँही उत्पादनको सङख्या एक सय भन्दा तल पनि हुन्छ ।

पछिल्लो समय ग्राहकहरुको सुपर कार मोहलाई सम्बोधन गर्न निर्माताहरुका रुपमा जाउगर, लम्बोरघिनि, मसेराती, फेरारीले पनि शुरु गरेका थिए । फेरारी ४५८ इटालिया, अउडी आरएइट जिटी सुपर कारका केहि उदाहरण हुन ।

१३. भ्यान/मिनिभ्यान

मानिस र सामान दुबै बोक्न मिल्ने गाडीका रुपमा भ्यान/मिनिभ्यान एकदमै रुचाइएका गाडी हुन । यी गाडी सामान्यतया पुरै छोपिएका र क्युव आकारमा बनाइएका हुन्छन । यो वर्गमा पर्ने गाडि हल्का लामो तर कार भन्दा अग्लो र ट्रक भन्दा होचो हुन्छन् ।


गााडीमा भएको कार्गोका कारण कुनै अप्ठ्यारो नहोस भनेर अगाडीको सिटका पछाडि कार्गो व्यारियर राखिएको हुन्छ जसका कारण गाडिमा राखिएको सामान हल्लिएर अगाडि हुने मानिसलाई कुनै क्षति गर्दैन । धेरै ठुलो परिवार हुनेहरुका लागि यो गाडि निकै उपयोगी मानिन्छ ।

खरिदकर्ताको आवश्यकतालाई मध्यनजर गरि यो वर्गको गाडि विभिन्न साइजमा पाइन्छ । फुल साइज भ्यान, प्यासेन्जर भ्यान, मिनिभ्यान यस वर्ग अन्तरर्गत बन्ने केहि गाडी हुन । निसान क्वेस्ट एलइ, टोयोटा सियाना एक्सएलइ, सुवारु ३६० यस वर्गमा पर्ने केहि चर्चित गाडी हुन् । एजेन्सीको सहयोगमा

Publish on: