अमेरिकामा टिकटक विश्वका सबैभन्दा धनी मस्कले किन्न लागेकोबारे चीनले यसो भन्यो « Eglish Khabarhub

अमेरिकामा टिकटक विश्वका सबैभन्दा धनी मस्कले किन्न लागेकोबारे चीनले यसो भन्यो


१ माघ २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

एजेन्सी । भिडियो–सेयरिङ प्लेटफर्म टिकटकले चीनबाट तत्काल विनिवेश गर्नुपर्ने अमेरिकी कानूनको सामना गरिरहेको बेला अर्बपति एलन मस्कलाई अमेरिकी टिकटक सञ्चालन बेच्ने सम्भावना खोजिरहेको रिपोर्टको खण्डन गरेको छ ।

टिकटकका प्रवक्ताले बीबीसी न्यूजसँग भने, ‘हामीसँग कल्पनामामाथि टिप्पणी गर्ने अपेक्षा नगर्नुहोस्।’

ब्लूमबर्गको एक रिपोर्टमा चिनियाँ अधिकारीहरूले यस्तो विकल्पबारे सोचिरहेका छन्, जसमा अमेरिकी सुप्रीम कोर्टले एपमाथि लगाइएको प्रतिबन्धलाई निरन्तरता दिएमा अमेरिका भित्रको कारोबार संसारकै सबैभन्दा धनी व्यक्तिलाई बेच्छन् ।

टिकटकले यसअघि पनि पटक–पटक बेच्ने कुनै योजना नभएको बताउँदै आएको छ ।

रिपोर्टमा बेइजिङमा छलफल भइरहेको दाबी गरिएको थियो ।

त्यहाँ मस्कको सोशल मिडिया कम्पनी एक्सले चिनियाँ मालिक बाइटडान्सबाट टिकटक खरीद गर्नेछ र यसलाई पहिले ट्विटर भनेर चिनिने प्लेटफर्ममा एकीकृत गर्ने उल्लेख गरिएको छ ।

रिपोर्टले टिकटकको अमेरिकी सञ्चालनको मूल्य ४० देखि ५० अर्ब डलरको बीचमा रहेको अनुमान गरेको छ । यद्यपि मस्क हाल विश्वको सबैभन्दा धनी व्यक्तिका रूपमा रहे पनि मस्कले लेनदेन कसरी कार्यान्वयन गर्न सक्छन् वा उनलाई अन्य सम्पत्तिहरू बेच्नु पर्ने हो कि होइन भन्ने स्पष्ट नभएको ब्लुमबर्गको रिपोर्टमा जनाइएको छ ।

अमेरिकी सरकारले गत वर्ष एउटा कानून पारित गरेको थियो । उक्त कानूनअनुसार टिकटकको बाइटडान्सलाई या त अत्यन्त लोकप्रिय प्लेटफर्म बेच्न वा बन्द गर्न आवश्यक छ । राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नुभन्दा एक दिनअघि यो आइतबार लागु हुनेछ ।

अमेरिकी सरकारले टिकटकले बेइजिङलाई डाटा सङ्कलन गर्न र प्रयोगकर्ताहरूको जासुसी गर्न अनुमति दिएको आरोप लगाएको छ।

चीन र बाइटडान्सले ती दावीलाई कडा रूपमा अस्वीकार गरेका छन् । टिकटकले अमेरिकी सर्वोच्च अदालतमा अपिल गरेको छ ।

अदालतले शुक्रबार मौखिक तर्क सुनेको थियो ।

सुनुवाइमा नौ सदस्यीय बेन्चका बहुमत कन्जरभेटिभ र लिबरल न्यायाधीशहरू बिक्री गर्न बाध्य पार्नु पहिलो संशोधनको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको उल्लङ्घन हो भन्ने टिकटकका वकिलको तर्कप्रति शङ्कास्पद देखिएका थिए ।

चिनियाँ अधिकारीहरूले कसरी अघि बढ्ने भन्नेमा अझै सहमति जुटाउन बाँकी रहेको उल्लेख गर्दै ब्लुमबर्गले बेइजिङको सम्भावित मस्क कारोबारको विचारलाई ‘अझै प्रारम्भिक’ का रूपमा वर्णन गरेको दाबी गरिएको थियो ।

चिनियाँ सरकारको योजनाका बारेमा बाइटडान्सलाई कति थाहा थियो भन्ने स्पष्ट नभएको अधिकारीहरूले बताए ।

ट्रम्पका निकट सहयोगी मस्कले आगामी चार वर्षमा वासिङ्टनमा प्रभावशाली भूमिका खेल्ने अपेक्षा गरिएको छ । उनले विद्युतीय कार कम्पनी टेस्ला पनि चलाउँछन् । टेस्लाको चीनमा प्रमुख कारखाना छ र देश अटो निर्माताको सबैभन्दा ठूलो बजारहरूमध्ये एक हो।

ट्रम्पले चिनियाँ वस्तुहरूमा नयाँ शुल्क लगाउने बारम्बार धम्की दिएका छन् ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार ००:००  १ : ५९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping