काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले यो अवधिमा १ अर्ब १४ करोड ५३ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
बैंकको नाफा गत वर्षको दोस्रो त्रैमासको तुलनामा ६.७९ प्रतिशतले बढेको छ । गत वर्षको सोहि अवधिमा बैंकको नाफा १ अर्ब ७ करोड २५ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा बैंकको वितरण योग्य नाफा ९९ करोड ८१ लाख ५१ हजार रुपैयाँ पुगेको छ । गत वर्ष ९५ करोड ९४ लाख ९१ हजार रुपैयाँबाट रहेको थियो ।
बैंकको नाफा सँगै खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । बैंकको खुद ब्याज आम्दानी २.३० प्रतिशतले बढेर १ अर्ब ६५ करोड १८ लाख ५२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६१ करोड ४५ हजार ६३ रुपैयाँ रहेको थियो ।
यस्तै बैंकको सञ्चाला मुनाफा पनि ६.७९ प्रतिशतले बढेर १ अर्ब ६३ करोड ६२ लाख ८ हजार रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा १ अर्ब ५३ करोड २२ लाख १ हजार रुपैयाँ रहेको थियो ।
८ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ३ करोड ९८ लाख ५० हजार रुपैयाँ रहेको छ ।
६५ अर्ब ९८ करोड ४१ लाख १८ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ५० अर्ब ९६ करोड ८६ करोड १४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।
गत वर्ष ०.१७ प्रतिशत खराब कर्जा रहेको बैंकको यो अवधिमा बढेर ०.२० प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २८ रुपैयाँ ५९ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ ८७ पैसा रहेको छ ।
SHARE YOUR THOUGHTS