१ पुस २०८२, मंगलबार

दातालाई जिस्क्याउँदै अर्थमन्त्रीले भने- पैसा आउँछ कि भनेर अंग्रेजीमा बोलेको !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले दाताहरुले पैसा दिन्छन् कि भनेर आफूले अंग्रेजीमा बोलेको बताएका छन् । नेपाल व्यवस्थापन संघको वार्षिकोत्सव कार्यक्रममा दाताहरुकै सामून्ने अर्थमन्त्रीले यस्तो बताएका हुन् ।

कार्यक्रम ‘सेड्युल’ अनुसार प्रमुख अतिथि रहेका खतिवडाको बोल्ने पालो अन्तिममा थियो। तर राष्ट्रियसभा बैठकमा विधयेक पेश गर्नुपर्ने भएकाले उनले शुरुमै बोले।

अर्थमन्त्री खतिवडाले अंग्रेजीमा भाषण सुरु गरे। अंग्रेजीमा बोलिरहेका खतिवडाले सडकमा लगानीको विषय चलिरहेको भन्दै नेपालीमा भाषण शुरु गरे ।

‘सडक क्षेत्रमा लगानी गरिरहनु भएका दातृ निकायका प्रतिनिधि पनि यहाँ हुनुहुन्छ, त्यसैले पैसा आउँछ कि भनेर अंग्रेजीमा बोलेको,’ दातातर्फ हेरेर मुस्कुराउँदै अर्थमन्त्री खतिवडाले भने ।

त्यसपछि भने नेपालीमै भाषण गरे।

‘घरबाट बाहिर निस्किने बित्तिकै मान्छेहरुले राम्रो सडक होस् भन्ने खोज्छ, आरामदायी यात्रा गर्न खोज्छ, त्यसका अतिरिक्त विद्यालय र स्वास्थ्य चौकी जान पनि बाटो चाहिन्छ’ उनले भने, ‘त्यसो हुनाले हामीले यातायात क्षेत्रमा लगानी गर्नुपर्छ।’

मन्त्री खतिवडाले मुलुकको विकासका लागि पूर्वाधार क्षेत्रमा लगानी अपरिहार्य भएको बताए । व्यापारको लागत कम गर्नका लागि पनि पूर्वाधार निर्माण गर्नुपर्ने उनले जोड दिए ।

‘सरकारले रेलवे तथा पानीजहाजको विकासका लागि काम गरिरहेको छ,’ उनले भने, ‘सबैले यातायात पूर्वाधारमा लगानी बढाउनुपर्ने आवश्यकता छ ।’